default_image

पारा खेलकुद

June 19, 2022

पारा तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी फिटनेस एकेडेमीले पारा तेक्वान्दो खेलाडीलाई सम्मानित गरेको छ । महालक्ष्मी फिटनेस एकेडेमीले एक कार्यक्रम गर्दै सृजना घिसिङ रन्जना धामी, राम बहादुर अधिकारी र प्रशिक्षक कविराज नेगी लामालाई सम्मानित गरेका हुन् । उनीहरुलाई महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरि गोविन्द श्रेष्ठ र डोजाङ प्रमुख एवं संयोजक थानेश्वर दर्लामी मगरलगायतले सम्मानित गरे । […]

June 18, 2022

पारा ओलम्पियन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एनपीसी नेपालले चार पारा ओलम्पियन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । एनपीसी नेपालले शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना गरेको राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिपका दौरान पारा ओलम्पियनलाई सम्मान गरेको एनपीसी नेपालका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन् । सम्मानित हुने पारा ओलम्पियनमा निर्मला ज्ञवाली (ग्रिस), विक्रमबहादुर राणा (लन्डन-ब्राजिल), मैया विशंखे […]

June 1, 2022

बुद्ध र आकारको जोडीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोश्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेश्रो भए । फरक […]

May 31, 2022

निशान र चन्द्रमालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेश्रो भए । चन्द्रमाले महिला १ सय मिटर दौडमा शीर्ष […]

May 29, 2022

पारा जुडोमा प्रशान्तलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्रशान्त श्रेष्ठले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ पुरुष ४०–५० केजीमा प्रशान्तले श्रीजुलाल श्रेष्ठलाई पराजित गरे । बानेश्वरमा भएको प्रतियोगिताको बहिरातर्फ नै पुरुष ५०–६० केजीमा ऋषिमनि […]

May 28, 2022

ह्वीलचेयरमा डिगमलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको व्हीलचेयरतर्फ पुरुष सिंगल्समा डिगमसिंह चेम्जोङ शनिबार पहिलो भएका छन् । रमेश खत्री दोश्रो तथा भरतबहादुर कार्की र अर्पण सुनुवार राई तेश्रो भए । सोही विधाको महिला सिंगल्समा लली तामाङले स्वर्ण, रजनी राईले रजत तथा निर्मला भण्डारी र संगीता माझीले कांस्य जिते । राष्ट्रिय पारा […]

May 28, 2022

रामचन्द्र र गोपाल पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो भएका छन् । रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ट रोग प्रभाविततर्फ पहिलो भएका हुन् । राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए […]

May 27, 2022

प्रदेश १ र बाग्मतीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ र बाग्मती प्रदेशले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्रदेश १ पुरुष तथा बाग्मती महिलामा च्याम्पियन बने । राष्ट्रिय बहिरा खेलकुद कमिटी नेपालको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा प्रदेश १ ले बाग्मतीलाई २–१ गोलले पराजित गरे । हाँडीगाउँस्थित […]

May 26, 2022

रन्जनालाई पारा एसियाड छनोटमा कास्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रन्जना धामीले पारा एसियाली खेलकुद (एसियाड) मा छनोटमा कास्य जितेपनि पारा एसियाडमा छनोन हुन असफल भएकी छिन् । चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि दुवईमा भएको छनोट प्रतियोगितामा रन्जनाले आफ्नो विधामा कास्यपदक जितेपनि उनी पारा एसियाडलाई छनोट हुन असफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी […]

May 23, 2022

दुर्गामानको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुने । राजाराम सिलवाल दोश्रो भए । राष्ट्रिय पारा भारोत्तोलन खेलकुद […]

Success

Thank you for your time.