January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं विश्व शारीरिक सुगठनका पदक विजेता खेलाडी तथा प्रशिक्षक नगदसहित सम्मानित भएका छन् । कालिमाटी, काठमाडौस्थित डिभाईन फिजिकल फिटनेस सेन्टरको आठौ वार्षिक समारोहको अवसरमा १३औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदकधारी विजेता खेलाडीद्वय प्रज्वल मान शाक्य तथा श्वेता कपालीलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधान तथा नेपाल शारीरिक […]
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १३औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई मंगलबार बधाई दिएका छन् । सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाली खेलाडीले राष्ट्रलाई निरन्तर पदक दिलाएकोमा खेलाडीको प्रशंसा गरे । थाइल्यान्डको फुकेटमा मंसिर […]
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक सुगठनको जेष्ठ तथा मातृ संस्था नेपाल ब्यायाम मन्दिरले आफ्नो बार्षिक साधारण सभाको अवसरमा खेल पत्रकार, खेलाडी तथा विभिन्न ब्यक्तित्वहरुलाई शनिबार सम्मान गरेको छ । ज्याठास्थित मन्दिरले आफ्नो २२औं साधारण सभाको अवसरमा आफ्नै हलमा आयोजित कार्यक्रममा मन्दिरले पाँच खेलकुद पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरुमा नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न सफल भएकी छिन् । पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिपर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए । यससँगै नेपालले सहभागिता जनाएको पुरुष र महिला दुवै […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका प्रज्वलमान शाक्यले तेश्रो स्थान प्राप्त गरेका छन् । थाईल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूमा ९ जना प्रतिस्पर्धीबाट प्रिजजिङ राउण्ड पार गर्दै २ भारतीय, एक थाई र बहराइनका खेलाडीसँगै फाईनलका लागि […]
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मंसिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । राजेशबाबु श्रेष्ठको नेतृत्वमा […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – शारीरिक सुगठनमा आर्मीले ५९ अंकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ । पोखरास्थित सभागृहमा सोमबार ६ स्वर्णका लागि भएको प्रतियोगिताको ८० केजी तौलमा नेपाली सेनाका ललित धिमालले स्वर्ण जिते । एपिएफका राकेश श्रेष्ठले रजत तथा पुलिसका रत्न सुन्दर नायकुसीले कास्य जिते । ८० केजी माथिको तौल समूहमा आर्मीका उमेश राईले […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा आइतबार भएको शारीरिक सुगठनतर्फको ५५ केजी तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाए । ६० केजी समूहमा नेपाल पुलिस क्लबका […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एक महिनाअघि मालदिभ्समा आयोजना भएको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसंग भेटबार्ता गरेका छन् । भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् । साउन ४ देखि भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षहरुलाई दिक्षित गरेको छ । सोमबार एक कार्यक्रमबीच प्रशिक्षणबाट दिक्षित प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गरे । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दिक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो […]