January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको अध्यक्षमा दिपक देवकोटा निर्विरोध चयन भएका छन् । संघको १०औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिती निर्बिरोध चयन गरेको हो । यसअघि देवकोटा संघका कार्यवहाक अध्यक्ष थिए । तत्कालिन अध्यक्ष टंकालाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त भएसँगै तत्कालिन उपाध्यक्ष देवकोटाले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए […]
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले पुरुषमा निरज कार्की र महिलामा विशाखा राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रबार पुरस्कृत गरेको छ । संघको १० औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो । सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा (यु–१८) र उदीमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए । गोपाल क्षेत्रीलाई लाइफ टाइम […]
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुषतर्फ तथा युएई महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग¥यो । त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । समूह ‘बी’ बाट युएइ ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा सहभागी हुने राष्ट्रका कप्तानले प्रतियोगिताका लागि आफूहरु तयार रहेको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताउदै उत्कृष्ट नतिजा ल्याउनका लागि मैदानमा उत्रने बताएका छन् । प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित […]
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ बिहीबार नेपाल आएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन् । दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको […]
December 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराए । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले […]
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोश्रोपटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा […]
October 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकतामा हुने डिभिजन ३ रग्वी १५ प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । टोलीका मुख्य प्रशिक्षक टंकराज गिरीले सोमबार देखि सुरु हुने प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई बोलाएका हुन् । रग्वी डिभिजन ३ नोभेम्वर १९ देखि २५ नोभेम्वरसम्म भारतको कोलकातामा हुँदैछ । नेपालले १९ अक्टोवरमा भारत […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको पुरुष टोली र त्रिभुवन आर्मी क्लबको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत रग्बीतर्फ स्वर्ण जितेका छन् । कास्कीको भण्डार डिक ग्राउन्ड लेखनाथमा भएको फाइनलमा नेपाल एपिएफ क्लबको पुरुष टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई १०–७ अंकले विजयी हुँदै स्वर्ण जितेको थियो । पहिलो हाफमा लुम्बिनीले अग्रता लिएपनि दोस्रो हाफमा बचाउन […]