default_image

राष्ट्रिय खेलकुद परिषद्

January 16, 2025

राखेपद्वारा एनओसीको निर्वाचन र साधारण सभा अवैध ठहर !

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव र साधारण सभालाई अवैध भएको ठहर गरेको‌ छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको बोर्डको १ सय १९ औं बोर्डले एनओसी निर्वाचनलाई‌ अवैध ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने […]

January 16, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]

January 16, 2025

राखेपको बोर्ड बैठक जारी, एनओसी मुख्य एजेण्डा

काठमाडौं (हाम्रो खेलकुद)- अदालत र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आदेशको‌ अवज्ञा गर्दै निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका एजेण्डामा छलफल गर्न डाकिएको राखेपको १ सय १९ औं बोर्ड बैठक जारी छ। राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी अध्यक्षतामा बैठक मन्त्रालयमा बसिरहेको छ। उच्च अदालतको आदेश र राखेपको निर्देशनको अटेर गर्दै […]

January 16, 2025

खो खो विश्व कपमा नेपालको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा जारी पहिलो खो खो विश्वकपमा पुरुषतर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको होसमूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र […]

January 13, 2025

राखेप उपाध्यक्ष आचार्यले पदवहाली गरे

काठमाडौं (हाम्रो खेलकुद)- ध्रुव आचार्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष रुपमा सोमवार पदवहाली गरेका छन् । आचार्यलाई युवा तथा खेलकुद मन्त्रालयले आज मनोनयन पत्र हस्तान्तरण गरेसँगै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ गराएका थिए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल […]

January 9, 2025

बागमती खेलकुद परिषद्का १० सदस्यले सपथ लिए

मकवानपुर (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषद् मनोनित १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल […]

January 8, 2025

दसौं राष्ट्रिय खेलकुदको लागि सचिवालय उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको सचिवालय उदघाटन गरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा बुधवार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको उद्घाटन गरे। राखेपले दसौं राष्ट्रिय खेलकुद चैत २३ गते देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने गरि मन्त्री परिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सचिवालयको उद्घाटन गरेपछि मन्त्री […]

January 5, 2025

नवनियुक्त सदस्यलाई राखेपको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतवार स्वागत गरेको छ । मन्त्री परिषद्को पुस ९ गतेको निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबिच स्वागत गरिएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले […]

January 4, 2025

हाम्रो खेलकुदकी श्रेष्ठ एनएनआइपिए अवार्डमा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- हाम्रो खेलकुदकी वरिष्ठ सम्वाददाता सरिता श्रेष्ठ एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छिन्। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको‌ (एनएनआइपिए) आयोजनामा शनिवार तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा भएको १९ औं एनएनआइपिए स्पोर्टस अवार्डमा श्रेष्ठ सम्मानित भएकी हुन् । एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ र मानार्थ अध्यक्ष दीपक विष्टले पत्रकार श्रेष्ठलाई सम्मान पत्रसहित ३५ […]

January 4, 2025

एरिका र विजय एनएनआइपिए वर्ष सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली १९ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड– २०८० मा सर्वोत्कृष्ट खेलाडीको अवार्ड र पुरस्कृत भएका छन् । महिलाबाट एरिका र पुरुषबाट विजय पुरस्कृत भएका हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआपिए) को आयोजनामा तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा शनिवार भएको कार्यक्रममा एरिका र विजयले समान […]

Success

Thank you for your time.