default_image

राष्ट्रिय खेलकुद परिषद्

September 11, 2024

एरिका र स्यान्टु राखेप वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१औं वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे। एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। त्यस्तै उनले […]

September 11, 2024

५ खेलाडीसहित १८ सम्मानित हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो को ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज ५ खेलाडीसहित १८ लाई सम्मान गर्ने भएको । वार्षिकोत्सव राखेपका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लब कार्यक्रम हुने राखेपले जनाएको छ । सिनियर र जुनियरमा समान महिला/पुरुष समान १ तथा १ पारा […]

September 10, 2024

खेलकुद मन्त्रीको हस्तक्षेपमा संगिनाको अपमान भएको पूर्व मन्त्री श्रेष्ठको आरोप

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैद्यलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी नदिएकोमा पूर्व युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले सरकारको चर्को आलोचना गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले मंगलवार शुन्य समयमा बोल्दै राखेपको निर्देशक पदको बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय बताए ।   […]

September 8, 2024

पलेशालाई १० लाखसहित तेक्वान्दो संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ। आइतवार आयोजित कार्यक्रममा तेक्वान्दो संघले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो। पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित […]

September 8, 2024

पलेशासहितको टोलीलाई कांग्रेसको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली‌ कांग्रेसले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा आइतवार आयोजित कार्यक्रममा कांग्रेसले सम्मान गरेको हो। कांग्रेसका सभापति शेरबहादुर देउवाले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेका हुन्। पलेशालाई ५ लाख, […]

September 8, 2024

अपमानित महसुस भएपछि संगिना वैद्यले उप निर्देशकबाट राजीनामा दिइन्

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैधले राष्ट्रिय खेलकुद परिषद (राखेप) को‌ तालिम तथा प्रशिक्षण विभागको‌ उप निर्देशक पदबाट राजीनामा दिएकी छन् । झन्डै २ वर्षअघि उप निर्देशक बनेकी वैद्यले निर्देशक पदमा भएको बढुवामा असन्तुष्टी‌ जनाउँदै आइतवार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ […]

September 8, 2024

वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप – नेपालले स्वर्णसहित ४ पदक जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइएसटिएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप ३७ औं थाई किङ्स कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको छ । थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म च्याम्पियनसिप आयोजना भएको थियो । नेपाल सेपाकताक्रो संघका कोषाध्यक्ष संगिन थापा मगरका अनुसार नेपाली टोलीले मिक्स इभेन्टमा स्वर्ण पदक जितेको हो । नेपालले यो इभेन्टमा सहभागी […]

September 6, 2024

पलेशालाई पूर्व प्रधानमन्त्री दाहालको बधाई

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई बधाई दिएका छन् । टोलीलाई खुमल्टारस्थित आफ्नै निवासमा भेट गरी पूर्व प्रधानमन्त्री दाहालले बधाइ दिएका हुन् । दाहालले आफू प्रधानमन्त्री हुँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको बताउदै पलेशाको सफलताले […]

September 5, 2024

लामालाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ । लामाको प्रशिक्षणमा तेक्वान्दोकी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पलेशाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । लामालाई प्रशिक्षक नियुक्त गर्न […]

September 4, 2024

पलेशालाई कर कट्टा नगरी ६५ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्स नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकटाइ ६५ लाख रुपैयाँ नै दिने स्पष्ट गरेका हुन्। पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ […]

Success

Thank you for your time.