default_image

नेपाल ओलम्पिक कमिटि

October 2, 2019

१३ औं सागका लागि कुस्ती खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कुस्तीबाट १० पुरुष र १० महिला गरी २० जना खेलाडी छनौट भएका छन् । मकवानपुरको हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी बन्द प्रशिक्षणमा सहभागि ४० खेलाडीमध्ये सागमा प्रतिस्पर्धा गर्न २० जना छनौट भएका हुन् । दोस्रो चरणमा २८ जना […]

October 2, 2019

दशैंमा पनि रंगशालाको काम नरोकिने !

काठमाडौं (हाम्रो खेलकुद)– दशैले सबैलाई छोइसकेको छ । यसको धार्मिक, सास्कृति महत्व त छ नै त्यसबाहेक मिठो खाने, राम्रो लगाउने, पिङमा रमाउने र आफन्तसँगको भेटघाट गर्ने दशैको अरु विशेषता हुन् । विदेशमा रहेका कतिपय दशैकै लागि स्वदेश फर्कने क्रम बढ्दो छ । यतिमात्र होइन, काठमाडौंबाट गाँउ फर्कनेको लर्को झनै बढीह हुन्छ । नेपाली खेलकुद पनि […]

October 1, 2019

नियतवश ओलम्पियन भत्ता काटिएकोमा खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन भएवापत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने प्रोत्साहन भत्ता रोकिएपछि त्यसको कारण खोतल्न ओलम्पियन आफै जुटेका छन् । राखेपले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता र ओलम्पियनलाई प्रोत्साहन स्वरुप मासिक भत्ता दिदै आएको छ । तर, केहि ओलम्पियन जसले देशका लागि सागमा पदक दिलाएका छन्, त्यस्ता खेलाडीले ओलम्पियन […]

September 29, 2019

ओलम्पियनद्धारा मासिक भत्ता उपलब्ध गराउन आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा परिचय दिलाउन सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चार ओलम्पियनले मासिक भत्ता उपलब्ध नगराएकोमा गुनासो गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पिकमा भाग लिने खेलाडी तथा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता दिने परम्पराको सुरुवात गरेकोमा धन्यवाद दिदै पुर्व ओलम्पियन वैकुण्ठ मानन्धर,संगिना […]

September 26, 2019

१३औं सागका लागि विभिन्न समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न समितिहरु गठन गरिएको छ । १३औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौं बैठकले विभिन्न उपसमिति समिति गठन गरेको हो । बैठकमा संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय […]

September 23, 2019

सुटिङको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

काठमाडौं(हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजना तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सहयोगमा ललितपुरमा सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स सुरु भएको छ । एनओसी मुख्यालयमा सोमबारबाट सुरु भएको सोलिडारिटी कोर्समा देशका सातै प्रदेशका ३० सुटिङ प्रशिक्षकहरु सहभागि छन् । विज्ञ निर्देशकहरु नर्वेका लिफ रोलान्ड र हंगेरीका […]

September 18, 2019

गौरिकासहित पौडीबाट सागलाई ३२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी पौडीबाज गौरिका सिंहसँगै वैदेशिक प्रशिक्षणमा रहेको ५ खेलाडीलाई समेट्दै नेपाल पौडी संघले नेपालमै मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३२ खेलाडी छनोट गरेको छ । जसमा १८ पुरुष र १४ महिला खेलाडी रहेका छन् । संघले आठौं राष्ट्रिय खेलकुद, नवौं एनएसए पौडी च्याम्पियनसिप, फिना अंकको आधारमा खेलाडी छनोट […]

September 17, 2019

पुनमसहित सागलाई बक्सिङबाट १६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बक्सिङबाट १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट संघले मंगलवार १० पुरुष र ६ महिला गरी १६ खेलाडी सागका लागि छनोट गरेका हुन् । संघले सोमबार ८ र मंगलबार ८ खेलाडी छनोट गरेको […]

September 16, 2019

सागका लागि ८ बक्सिङ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) –स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङबाट सोमबार आठ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन् । महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलिसकी दिवाना शेर्मालाई अंकका आधारमा […]

September 15, 2019

एनओसी अध्यक्ष श्रेष्ठलाई संसदिय समितिको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – संघिय संसादको शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिले आफ्ना सदस्य जीवनराम श्रेष्ठलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष दोस्रो पटक निर्वाचित भएको बधाई दिएको छ । समितीकी सफलता जयपुरी घर्तीले समितिको कार्यालय सिंहदरबारमा संघिय सांसद श्रेष्ठलाई बधाई तथा कार्यकालको सफलताको कामना गरिन् । शनिबार भएको एनओसीको निर्वाचनमा उमेशलाल श्रेष्ठलाई हराउँदै श्रेष्ठ […]

Success

Thank you for your time.