default_image

National Sports Council

February 1, 2024

एसियाडकी पदक विजेता एरिकासहित ९ जना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्‌। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा‌ एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]

January 28, 2024

एसियाड लक्षित विशेष प्रशिक्षण भोलिबाट सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप ) अन्तर्गतको राष्ट्रिय टिम तयारीले २० औं एसियाली खेलकुद (एसियाड) लाई लक्षित गर्दै ५ खेलको विशेष प्रशिक्षण सुरु गर्ने भएको छ । कराते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो गरि ५ वटा खेलहरुको नियमित प्रशिक्षण सन्चालान गर्ने राखेप सदस्य सचिव टंकलाल घिसिङले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पदक […]

January 26, 2024

सन्तोषीले म्याराथनको ‘डेब्यू’ मै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । बंगलादेशमा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी‌ छिन्‌। ढाकामा शुक्रबार भएको म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्ड मा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । यसअघि पुष्पा भण्डारीको‌ नाममा […]

January 23, 2024

बंगबन्धु म्याराथनमा ७ खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने यसै साता हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन् । म्याराथन शुक्रबार हुने बताइएको छ । पुरुष खेलाडीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण […]

January 22, 2024

एसियाड लक्षित ५ खेलको प्रशिक्षण अर्को साताबाट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) लाई मध्यनजर गर्दै अर्को साताबाट ५ खेलको प्रशिक्षण सुरु गर्ने भएको छ । विगतमा भन्दा नेपालको सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यसहित ५ खेलको प्रशिक्षण माघ १५ गतेबाट सुरु गरिने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् । सदस्य–सचिव घिसिङले विभिन्न राष्ट्रिय […]

January 19, 2024

दक्षिण कोरियामा शीतकालीन युथ ओलम्पिक सुरु

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको गाङवनमा शीतकालीन युथ ओलम्पिक शुक्रबार सुरु भएको छ । भव्य उदघाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट २ खेलाडीको सहभागिता रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । […]

January 11, 2024

राष्ट्रिय भारोत्तोलनमा कृष्णकला र प्रकाश उत्कृष्ट

भक्तपुर (हाम्रो खेलकुद)- जुनुमाया छन्त्याल र विद्या राईले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीका दुबैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा भएको प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार […]

January 5, 2024

चीनसँग खेलमा सहकार्य गर्ने राखेपको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चीनसँग केही खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् । सदस्य–सचिव घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद (एसियाड) आयोजक कमिटीका उप–सचिव झेङ याउको नेतृत्वमा आएको टोलीसंग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका क्रममा बताएको राखेपले जनाएको छ । उनले भेटमा […]

January 3, 2024

शीतकालीन ओलम्पिक युथ टोलीलाई केल्मीको साथ

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टोलीलाई केल्मीले खेल पोशाकको प्रायोजन गरेको छ । केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार आयोजित कार्यक्रमा नेपाल ओलम्पिक कमिटी (एनओसी)तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोशाक हस्तान्तरण गरे । शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो […]

December 30, 2023

एसियाडका पदक विजेता र सहभागी खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङ्गचौमा असोजमा‌ भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा पदक विजेता र सहभागी खेलाडीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार सम्मान गरेको छ । सो अवससमा सहभागी खेलाडीलाई आयोजकबाट प्राप्त विशेष प्रमाणपत्र पनि प्रदान गरिएको थियो । असोज ६ देखि २१ सम्म आयोजित एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीको […]

Success

Thank you for your time.