default_image

एसोसिएसन

March 1, 2025

राष्ट्रिय फेन्सिङ – आर्मी र गण्डकी च्याम्पियन

पोखरा ( हाम्रो खेलकुद)- प्रथम गण्डकी राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब सिनियर र आयोजक गण्डकी प्रदेश जुनियरतर्फ च्याम्पियन भएको छ । गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको संयुक्त आयोजना तथा नेपाल फेन्सिङ संघको प्राविधिक सहयोगमा शनिवार पोखरामा प्रतियोगिता सम्पन्न भएको हो। सिनियरमा आर्मी ६ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते – पहिलो दिन पुलिसको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम‌ गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]

February 28, 2025

१४ औं सागको मिति तयको स्वागत, एनओसीको नाममा सहभागितामा आपत्ति

काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानमा आयोजना हुने भनिएको १४ दक्षिण एसियाली खेलकुद (साग) को विषयमा भएको छलफलमा नेपाल ओलम्पिक कमिटी एनओसी) को नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ। एनओसी अध्यक्षको हैसियतमा जीवनराम श्रेष्ठले मंगलवार पाकिस्तानको लाहोरमा भएको दक्षिण एसियाली ओलम्पिक […]

February 27, 2025

दसौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो

काठमाडौं ( हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको आयोजना मिति दोस्रो पटक सरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय २१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ। नयाँ मिति अनुसार २०८२ साल जेठ ३ देखि १० […]

February 25, 2025

१४ औं सागको मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ। एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण […]

February 15, 2025

केन्याका विल्सनलाई पोखरा म्याराथनको उपाधि, सन्तोषीले जितिन् हाफ म्याराथन

पोखरा (हाम्रो खेलकुद)- केन्याका विल्सन चेरियोटले १९औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। पोखरा रंगशालाबाट सुरु भएको म्याराथन सहरका विभिन्न भाग हुँदै हल्लन चोकमा पुगेर टुंगिएको थियो। उनलाई सुरूवात देखि नै केन्या कै जुलियस मुरियुकी वाहहोमले कडा चुनौती दिएका थिए। जहाँ मिलिसेकेन्डमा जुलियसलाई माथ दिंदै विल्सन च्याम्पियन बने। निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी […]

February 10, 2025

एनओसीको बैंक खाता रोक्न पत्राचार!

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अदालतको निर्णय विरुद्ध गरेको निर्वाचन मान्य नहुने दोर्याएका छन्। उनले यो विषयमा नडराउने र मन्त्रालयले खुट्टा नकमाउने पनि स्पष्ट पारे । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २९ औं वार्षिकोत्सको अवसरमा एनएसजेएफ पत्रकारिता पुरस्कार कार्यक्रममा सोमवार एनओसीको खाता रोक्का र पदाधिकारीहरूको […]

February 10, 2025

भण्डारी सम्मानित, सापकोटा पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्ड र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २९ औं वार्षिकोत्समा प्रदान गरिने कार्यक्रम आज आयोजना गरिएको थियो । कार्यक्रममा मेरो खेल डटकमका सम्पादक भण्डारीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र […]

February 10, 2025

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघको आयोजनामा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ५४-होलको तीन दिने प्रतियोगितामा जुनियर गल्फरहरू विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ब्वाइज (१७-२१ वर्ष), ब्वाइज (१२-१६ वर्ष), र गल्स (१२-२१ वर्ष) उमेर समुहमा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता फाल्डो […]

Success

Thank you for your time.