default_image

एसोसिएसन

March 14, 2024

अनुशासन बनाइ राख्न खेलकुद मन्त्री श्रेष्ठको जोड

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनुशासन बनाइ राख्न पछि हट्न नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बोर्डका अध्यक्षसमेत रहेका खेलकुद मन्त्री श्रेष्ठले आफ्नो स्वागत र बधाइ कार्यक्रममा दशकौंसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न पछि हट्न नहुने […]

March 13, 2024

मन्त्रालयको चासोपछि एन्फामा खलबली, बहराइन जान तयार पदाधिकारी अलमलमा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) संघ सम्बन्धित भएपनि राष्ट्रिय फुटबल टोलीमा कुनै जिम्मेवारी नभएका १० जना टोलीसँग गएको विषयमा युवा तथा खेलकुद मन्त्रालयले चासो राखेपछि एन्फामा खलबली मच्चिएको छ । एन्फा उपाध्यक्ष दीपक खतिवडा, सिइओ इन्द्रमान तुलाधरसहित जिल्ला र क्लबका पदाधिकारी विना खास जिम्मेवारी बुधबार टोलीसँगै मलेसिया गएपछि मन्त्रालयले ध्यानाकषर्ण भएको […]

March 12, 2024

संघहरुलाई कार्यक्रमको मिति तय गर्न राखेपको निर्देशन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफू मातहतका राष्ट्रिय खेल संघलाई प्रतियोगितासहित अन्य कार्यक्रमको मिति निर्धारण गर्न निर्देशन दिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार विभिन्न राष्ट्रिय संघका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा चालू आर्थिक वर्षमा कार्यक्रम भएका संघ यथाशीघ्र मिति निर्धारण गरी तयारीमा लाग्न निर्देशन दिएका हुन् । त्रिपुरेश्वरस्थित राखेपमा सदस्य–सचिव […]

March 6, 2024

गण्डकीका ओलम्पियनहरुलाई मासिक भत्ता प्रदान

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशका ओलम्पियनलाई मासिक भत्ता दिन सुरु गरेको छ ।नेपाल ओलम्पियन संघले गत वर्ष पोखरामा ओलम्पियन पूर्नमिलन तथा स्पोर्टस मिट आयोजना गर्दा गण्डकीका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका थिए । सोही अनुरुप साउनबाट २०८१ को असार मसान्तसम्मको मासिक भत्ता एकमुष्ट प्रदेशले बुधबार […]

March 6, 2024

खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पाउने भएका छन् । रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी लिन लागेका हुन् । ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए । संसदमा उनी सधैं […]

March 4, 2024

सूर्य नेपाल च्यालेन्ज– पहिलो दिन रामेको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३–अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन् । रामेले एमेच्योर युवा गल्फर तथा साविक विजेता सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । २–अन्डर ६६ सहित सदभाव दोस्रो स्थानमा रहँदा १–अन्डर ६७ सहित […]

March 4, 2024

एनएनआइपिए स्पोर्टस अवार्ड अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। अवार्डको १८ औं संस्करण चैत १२ गते आयोजना हुने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेलहरुलाई आधारमा सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरुलाई वर्ष […]

March 3, 2024

खेल पोसाकका लागि एनओसी र कोमोरेबीबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसीं) ले आइतबार कोमोरेबीसँग सम्झौता गरेको छ । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोमोरेबीका सीईओ ड्यानिएल भालेटिनले सम्झौतामा हस्ताक्षर गरे । कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो । सम्झौता अनुसार पेरिस ओलम्पिक्समा सहभागी हुने नेपाली टोलीका […]

March 3, 2024

ओलम्पिक छनोटमा चन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर चन्द्रबहादुर थापाले ओलम्पिक छनोटमा विजयी सुरुवात गरेका छन् । इटालीको मिलानमा जारी छनोटको पुरुष ५१ केजीमा चन्द्रले ताजकिस्तानका साफिएभ मेहरोनलाई ३–२ को स्पिलिट डिसिजनको आधारमा हराउँदै अगाडि बढेका छन् । अर्को चरणमा चन्द्र्रले क्यानडाका खेलाडीसँग प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघका उपाध्यक्ष श्याम अवालेले जानकारी दिए । महिला छनोटको ५४ […]

March 3, 2024

राइट टु प्रोटिन रन अर्को चैत १० मा

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रनको हाफ म्याराथनको‌ तेस्रो संस्करण अर्को महिना आयोजना भएको छ। नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा चैत १० गते दशरथ रंगशालाबाट प्रोटिन म्याराथन सुरु आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजक समितिका सचिव सितलकाजी श्रेष्ठले जानकारी […]

Success

Thank you for your time.