default_image

एथ्लेटिक्स

January 20, 2023

पुष्पा दोस्रोपटक बंगबन्धु म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली धाविका पुष्पा भण्डारीले दोस्रो पटक बंगबन्धु शेख मुजिब ढाका म्याराथनको साफ एलिटतर्फको उपाधि जितेकी छिन् । शुक्रबार भएको म्याराथनमा पुष्पाले २ घण्टा ४८ मिनेट २ सेकेन्डको समयमा निर्धारित ४२.१९५ किलोमिटर दुरी पूरा गरिन् ।पुष्पाले पहिलो स्थान हासिल गर्दा नेपालकै विन्द्रा धानके श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् । श्रीलंकाकी सुजनी परेरा […]

January 19, 2023

प्रधान सेनापति खुल्ला म्याराथन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सैनिक शारीरिक तालिम केन्द्र तथा खेलकुद केन्द्रको आयोजनामा प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता यसै महिना अन्तिममा हुने भएको छ । महाशिवरात्री तथा २ सय ६० औं सेना दिवसको अवसरमा आठौं संस्करणको खुल्ला म्याराथन माघ २८ मा हुने भएको छ । म्याराथनमा खुल्ला पुरुष, हाफ म्याराथन महिला तथा पुरुष, १० […]

January 19, 2023

राइट टु प्रोटिन रन हाफ म्याराथनको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गर्ने दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको तयारी पूरा भएको छ । आयोजकले काठमाडौंमा एक पत्रकार सम्मेलन गरि तयारी पूरा भएको जनाएको छ । राइट टु प्रोटिनको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना जगाउने उद्देश्यका साथ माघ ७ गते हाफ म्याराथन आयोजना गर्न […]

January 14, 2023

एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी थिए । साताव्यापी तालिममा सहभागीलाई एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कान्ति महतो, राजेश वज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व […]

January 12, 2023

गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ दौड माघमा

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालको आयोजनामा गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ क्रस कन्ट्री दौड माघमा तथा धरान रन फागुनमा हुने भएको छ । आयोजक एथलेटिक्स परिवार नेपालले बिहीबार पत्रकार सम्मेलन गरी गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रंगशालामा हुने जनाएको छ । गोल्डेन एथलेटिक्स मिटमा महिला र पुरुष तर्फ […]

January 7, 2023

एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । तालिमको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाले एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङलाई प्राविधिक पुस्तक हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी […]

January 7, 2023

सन्तोषीलाई कखराको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – कखरा प्रि स्कूलले १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफनो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो । धादिङकी सन्तोषीले नेपालमै भएको १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार […]

January 3, 2023

सातौ झिल्टुङ क्रस कन्ट्री दौड माघमा

काठमाडौं (हाम्रो खेलकुद) – जे गरौ, गज्जवले गरौ भन्ने नाराका साथ नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने सातौ झिल्टुङ क्रस कन्ट्री दौड माघ १४ गते शनिबार हुने भएको छ । आयाेजक वेलकोटगढी नगरपालिका वडा नम्बर ५ ले प्रेस विज्ञप्ति जारी गर्दै झिल्टुङ क्रस कन्ट्री दौड माघकाे […]

January 3, 2023

एम्समा दर्तापछि पहिलो पटक सफल पोखरा म्याराथान हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करण फागुनको पहिलो साता आयोजना हुँदैछ । त्यसका लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा विभिन्न उपसमिति बनाएर काम अघि बढाइरहेको जानकारी दिएको छ । यसपटक सफल पोखरा म्याराथनमा ८ वटा इभेन्टहरु एकै पटक एकै दिन बताइएको छ । जसमा खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ […]

December 11, 2022

जुनियर एथलेटिक्स टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश ढामा आयोजना हुने पाँचौं संस्करणको अन्तर्राष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुनियर एथलेटिक्स टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिपमा यू–१७ का ७ जना र ४ अफिसियल गरि ११ जना त्यसतर्फ प्रस्थान गरेका हुन् । पाँचौं संस्करणको अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिप ढाकामा मंसिर २७ देखि २९ […]

Success

Thank you for your time.