3 years ago
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका सलिम देवानले पुरुष लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको स्पर्धामा उनले ७ मिटर ०९ सेन्टीमिटर दूरी तय गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
सलिमले नवौं राष्ट्रिय खेलकुदमा ७ मिटर ०६ सेन्टीमिटर दूरी तय गर्दै २३ वर्ष पुरानो कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।
उनले ७.०६ मिटर जम्प गर्दै स्वर्ण जित्न सफल भए । यसअघि सन् १९९९ मा पाकिस्तानमा भएको स्पर्धामा कृष्ण बहादुर गिरी ७.०० मिटरको कीर्तिमान राखेका थिए । लुम्बिनीका सुदिप थारु दोश्रो तथा प्रहरीका मिथुन चौधरी तेश्रो भए ।
नेपाल पुलिस क्लबकी राममाया बुढाले गोल्डेन एथलेटिक्स मिटको महिला १५ सय मिटर दौडमा स्वर्ण जितेकी छन् ।स्पर्धामा राममायाले निर्धारित दूरी ५ मिनेट ००.६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । नेपाल एपिएफ क्लबकी फुलमती राना दोश्रो तथा आशा रावत तेश्रो भइन् ।

सो स्पर्धाको पुरुषमा प्रहरीका नागेश्वर ऐरले ४ मिनेट ०८.९ सेकेन्डमा दौड टुंग्याउदै शीर्ष स्थान हात पारे । एपीएफका सन्जिव नेपाली दोश्रो तथा विकेश घिमिरे तेश्रो स्थानमा रहे ।
एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगिताको महिला १० हजार मिटर दौडमा प्रहरीकी रेखा विष्टले ३९ मिनेट ३८.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । दोलखाकी अन्जु खड्काले रजत तथा पुलिसकी सुमिगा चौधरीले कांस्य हात पारिन् ।
पुरुष ४ गुणा १ सय मिटर रिलेमा एपीएफ पहिलो, लुम्बिनी दोश्रो र प्रहरी तेश्रो भए । सो स्पर्धाको महिलामा एपीएफ पहिलो, हिमालयन एन्जल्स दोस्रो र पुलिस तेस्रो भए ।
पुरुष १ सय मिटर दौडमा कर्णालीका युवराज विकले स्वर्ण, एपीएफका शिवराज पार्कीले रजत र एपीएफकै निरप्रताप महतोले कांस्य जिते । महिला ४ सय मिटर दौडमा ५९.७० सेकेन्ड समयसाथ एपीएफकी रमिता कुमारी थारु शीर्ष स्थानमा रहिन् ।एपीएफकै कल्पना श्रेष्ठ दोश्रो तथा दाङकी अरुजा रिजाल तेश्रो भइन् ।
महिला हाइजम्पमा लम्जुङकी सिमा श्रेष्ठ १ मिटर ३६ सेन्टीमिटर उचाइ नाघ्दै पहिलो भइन् । प्रहरीका लक्ष्मी साउद दोश्रो तथा विर्सना फुयाँल तेश्रो भइन् । महिला लङजम्पमा दाङकी निशा चौधरी, पुलिसकी सिमा चौधरी दोश्रो तथा एपीएफकी रन्जिता राई क्रमशः शीर्ष तीनमा रहिन् ।
पुरुष हाइजम्पमा कपिलवस्तुका प्रभु थापा पहिलो भए । उनले १ मिटर ६२ सेन्टीमिटर उचाइ नाघे । प्रहरीका चन्द्रदेव जोशी दोश्रो तथा कैलालीका नरबहादुर साउद तेश्रो भए ।
महिला १ सय मिटर दौमा दाङकी निशा चौधरी पहिलो भइन् । निशाले निर्धारित दूरी तय गर्न १२.५३ सेकेन्ड समय खर्चिन् । प्रहरीकी लक्ष्मी साउद र ललितपुरकी रजिना दुलाल तेश्रो भइन् ।
पुरुष ४ सय मिटर दौडमा प्रहरीका तेजबहादुर कार्कीले स्वर्ण जिते । उनले ५१.४५ सेकेन्डमा दौड सकाए । लुम्बिनीका तुलसीराम थारु दोश्रो तथा एपीएफका आशिष चौधरी तेश्रो भए ।
पुरुष १० हजार मिटर दौडमा पर्वतका तीर्थ पुनले बाजी मारे । तीर्थले ३० मिनेट ४७.१ सेकेन्ड समय निकाल्दै स्वर्ण जितेका हुन् । एपीएफका राजेन्द्र तामाङ दोश्रो तथा सन्तोषविक्रम विष्ट तेश्रो भए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]