default_image

3 years ago

February 6, 2023

तेज र निशा सर्वोत्कृष्ट

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सोमबार सम्पन्न प्रतियोगिताको ५ हजार मिटर पुरुष दौडमा एपीएफका सन्जीव नेपाली पहिलो भए ।

उनले निर्धारित दुरी १५ मिनेट ५३ दशमलव ०३ सेकेन्डमा पुरा गरे । पुलिसका सन्तोष नाथ योगी १५ मिनेट ५६ दशमलव ०६ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेन्डको समयको साथ तेस्रो भए ।

महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो बनिन् । उनले निर्धारित दुरी १७मिनेट ३७ सेकेन्डमा पार गरिन् । पुलिसकी राम माया बुढा १८ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष दुई समय मिटर दौडमा एपीएफका शिबराज पार्कीले २२ दशमलव ३७ सेकेन्डको समय निकाल्दै पहिलो बने । एपीएफकै निर प्रताप महतोले २२ दशमलव ८१ सेकेन्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३ दशमलव ०५ सेकेन्डको समय निकाल्दै तेस्रो बने ।

महिला स्पर्धामा दाङकी निशा चौधरी २५ दशमलव ७१ सेकेन्डको समय निकाल्दै पहिलो बनिन् । एपीएफकी रमिताकुमारी थारुले २६ दशमलव ७२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८ दशमलव ४६ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष ८ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की १ मिनेट ५८ दशमलव ४ सेकेन्डको समय निकाल्दै पहिलो बने । पुलिसका नागेश्वर ऐर १ मिनेट ५८ दशमलव ९ सेकेन्डको समयमा दोस्रो र सुदूरपश्चिमका कुशल जैशी २ मिनेट ०३ दशमलव ९ सेकेन्डको समय निकाल्दै तेस्रो बने ।

महिला ८ सय मिटरमा एपीएफकी फुलमती राना २ मिनेट २३ दशमलव ५ सेकेन्डको समय निकाल्दै पहिलो, एपीएफकै आशा रावत २ मिनेट २९ दशमलव ३ सेकेन्डको समय निकाल्दै दोस्रो र सिमा चौधरी २ मिनेट ३२ दशमलव ४ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष ट्रिपल जम्पमा एपीएफका सलिम देवान १३ दशमलव ४८ सेन्टिमिटरको दुरी पार गर्दै पहिलो बने । एपीएफकै चन्द्रदेव जोशी १३ दशमलव ४५ सेन्टिमिटरको दुरी तय गर्दै दोस्रो र रामकुमार लामिछाने १३ दशमलव ३५ सेन्टिमिटरको दुरी तय गर्दै तेस्रो बने ।

महिला स्पर्धामा पुलिसकी सिमा चौधरी १० दशमलव २९ मिटरको दुरी पार गर्दै पहिलो बनिन् । एपीएफकी इनजीता राई ९ दशमलव ८६ सेकेन्डको दुरी पार गर्दै दोस्रो र पुलिसकी सुमित्रा कुमारी चौधरी ९ दशमलव ५४ मिटरको दुरी तय गर्दै तेस्रो बनिन् ।

ज्याभलिन थ्रो पुरुषमा एपीएफका रमेश पोखरेल पहिलो बने । उनले ५२ दशमलव ५५ सेन्टिमिटरको दुरीमा थ्रो गरे । एपीएफकै मनोज डन्गुरा दोस्रो र पुलिसका पुस्कल खड्का तेस्रो बने । महिला स्पर्धामाचन्द्रकला लाम्घादे ४२ दशमलव १३ सेन्टिमिटरको दुरीमा थ्रो गर्दै पहिलो बनिन् । एपीएफकी सिमा कुमारी थारु दोस्रो र बसन्ती चौधरी तेस्रो बनिन् ।

पुरुष सटपुटमा पुलिसका पुस्कल खड्का ११ दशमलव ७४ को दुरी पार गर्दै पहिलो बने । पुलिसकै रुपेश भण्डारी दोस्रो र एपीएफका मिलन चौधरी तेस्रो बने ।

महिला स्पर्धामा पुलिसकी चन्द्रकला लाम्घादे ११ दशमलव ९७ मिटरको दुरी तय गर्दै पहिलो बनिन् । पुलिसकै बसन्ती चौधरी दोस्रो र गोरखाकी मन्जु गुरुङ तेस्रो बनिन् ।

चार बाई चार सय मिटर मिक्स रिलेमा एपीएफको टिम च्याम्पियन बन्यो । लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लबको टिम तेस्रो बन्यो । प्रतियोगितामा विभागीय सहित ३ सय खेलाडीले सहभागीता जनाएका थिए ।

पदक विजेता खेलाडीलाई राखेप सदस्य सचिब टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए । नेपाल एथलेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषद् राखेपको स्विकृतिमा सञ्चालित प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती सहित विभिन्न ब्यवसायीक संघ संस्थाले सहकार्य गरेको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.