December 19, 2019
पोखरा(हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्स चितवन राइनोजसँग लज्जास्पद हार बेहोरेको छ । बुटवल चितवनसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो । २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको बुटवल १८.४ ओभरमा मात्र ८४ रनमा अल आउट भयो । पहिलो ओभरको पाँचौ बलमा करण […]
December 19, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्का, रोहन मुस्तफा र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २ सय ४ रनको विशाल कीर्तिमानी लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३ रन बनायो […]
December 19, 2019
एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनका दुई महारथी क्याटलान बार्सिलोना र रियल मड्रिडबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो । बार्सिलोनाका गोलरक्षक मार्क आन्द्र टेर स्टेगनले उत्कृष्ट प्रदर्शन गरे । बराबरीसँगै यि दुई […]
December 18, 2019
एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनको दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको खेल यसअघि नै २६ अक्टोवरमा भइसक्नु पर्ने थियो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा तय भएको खेल क्याटलान क्षेत्रमा भएको आन्तरिक द्धन्द्धका कारण स्थगित हुन पुगेको थियो । स्पेनिस फुटबल फेडेरेसन, ला लिगा आयोजकले सुरक्षालाई ध्यानमा राख्दै खेल स्थागित गर्दै नयाँ […]
December 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा बुधबार मनाङले नेपाल एपीएफ क्लबलाई २-० ले पराजित गरेको हो । मनाङको जितमा फरवार्ड विमल रानाले २ गोल गरे । साताैं मिनेटमा विमलको फ्लिक प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । १५अाैं मिनेटमा एपीएफका […]
December 18, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – कतार एयरवेज सहिद स्मारक `ए´ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लब र प्रभु जावलाखेल युथ क्लबको खेल गाेलरहित बराबरीमा टुंगिएको छ । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा भएकाे प्रतिस्पर्धात्मक खेलमा दुवै टाेलीले पाएकाे केही माैकालाई सदुपयाेग गर्न सकेन । ११ औं मिनेटमा जावलाखेलले अग्रता लिने सुन्दर माैका खेर फालेकाे थियाे […]
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक शतकमा पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित हात पारेको छ । बुधबार एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले हराउँदै काठमाडौंले अघिल्लो चरणको संभावना कायमै राखेको हो । काठमाडौंले प्रस्तुत गरेको १ सय ८६ रनको विशाल लक्ष्य धनगढी १६ […]
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक शतकसँगै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको काठमाडौं गोल्डेन्स वारियर्सले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । हुस्सुको कारण […]
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बुधबार पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्स र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ९ बजेबाट पोखरा रंगशालमा रहेको क्रिकेट मैदानमा सुरु हुने छ । ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौंलाई अघिल्लो चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको […]
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब र यति हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा पुलिसले पहिलो हाफमै दुई पटक पाएको अवसरलाई उपयोग गर्न नसक्दा शेर्पासँष् अंक बाडेको थियो । पुलिस का कप्तान जुमानु राईले १३ औं मिनेटमा बक्स भित्रबाट प्रहार गरेको […]