default_image

breaking big news

April 24, 2025

सिद्धान्तको उपचारका लागि क्यानले ५ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। मधेश प्रदेश क्रिकेट संघद्वारा दुई वर्षअघि आयोजित महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए। उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए। गण्डकी प्रदेश विरुद्धको खेलमा उनको घुँडामा चोट […]

April 24, 2025

७ संघ पूर्नगठनमा एनओसीको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले विभिन्न ७ खेलकुद संघ पूर्नगठनमा गरेकोप्रति नेपाल ओलम्पिक कमिटी एनओसी) ले आपत्ति जनाएको छ।‌ गत चैत २९ गते युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राखेपको १ सय २२ औं बोर्ड बैठकले ब्याडमिण्टन , टेनिस, साइक्लिङ्ग, भारोत्तोलन, एथलेटिक्स, ह्याण्डबल र जिम्न्याष्टिक संघलाई विघटन गरेर […]

April 24, 2025

लिग कम नकआउट गर्ने एन्फाको प्रयास असफल , ४ क्लब मात्रै दर्तामा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]

April 24, 2025

बाँसबारीको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]

April 24, 2025

आर्मीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो। एकपक्षीय खेलमा आर्मीले एभरेस्टलाई २५-१६, २५-१८ र २५-१७ को सोझो सेटमा हरायो। योसँगै यो समुहमा सशस्त्र प्रहरी बल (एपिएफ) […]

April 24, 2025

रियलको जितमा उपाधि दौड थप रोचक

एजेन्सी – आर्दा गुलेरले एक मात्र गोल गर्दै रियल मड्रिडलाई गेटाफेमाथि जित दिलाएपछि ला लिगाको शीर्षस्थानमा बार्सिलोनासँगको दूरी ४ अंक पुन: ४ अंकमा झरेको छ। गत साता च्याम्पियन्स लिगबाट आर्सनलसँग पराजित हुँदै बाहिरिएको रियल माथि यो सिजन केही उपलब्धि हासिल गर्ने दबाब छ । कार्लो एन्चेलोटी र उनका खेलाडीका लागि यो खेल जित्नैपर्ने थियो ‌। […]

April 24, 2025

आर्सनल रोकिँदा लिभरपुल सहज

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा बुधवार बराबरी रोकिएपछि लिभरपुल उपाधिको झनै नजिक पुगेको छ। घरेलु मैदानमा आर्सनललाई क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो। लिभरपुललाई उपाधिबाट केवल १ अंक टाढा छ । इमिरेट्स स्टेडियममा प्यालेसले जित निकालेको भए लिभरपुलले बल नछोईकनै आफ्नो २०औं प्रिमियर लिग उपाधि जित्ने थियो। तर अब लिभरपुलले आइतवार टोटनहम हट्सपरसँग […]

April 23, 2025

मुम्बईको जित

एजेन्सी –इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पाँचौं जित हात पार्दा लिगको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बईले आज सनराइजर्स हैदरबादलाई ७ विकेटले माथ दियो। जितको लागि १ सय ४४ रनको सहज विजय लक्ष्य मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए। […]

April 23, 2025

एपिएफ लुम्बिनी कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज रौतहट फुटबल संघको टोलीलाई ३-० ले‌ हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले‌ अन्तिम १७ मिनेटमा गोल गर्दै फाइनलमा यात्रा तय गरेको हो। टोलीका लागि अनिता केसी, निशा […]

April 23, 2025

पोखरा पहिलो पटक एनएसएल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिनोङले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो। अब उपाधिको लागि धनगढीले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले […]

Success

Thank you for your time.