default_image

breaking big news

November 17, 2018

सुजलबिनाको मनाङ एनआरटीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन् । हल्चोकस्थित एपीएफ रंगशालामा शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले मनाङ मर्स्याङदी क्लबको सामना गर्दैछ । विहान ११ बजे हुने खेलमा मनाङका लागि मिडफिल्डर एवं उपकप्तान सुजल श्रेष्ठ चोटका कारण उपस्थित रहने छैनन् । […]

November 16, 2018

रुस्लान डीपीएल माघ तेस्रो सातादेखी सुरु हुने

काठमाडौँ – तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) आगमी माघ १९ देखी फगुन ४ सम्म हुने भएको छ । यस पटक डीपीएलका खेल प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरु हुने भएका छन् । यसअघि हुँदै आएको संघीय इकाई प्रहरी कार्यलयको मैदानलाई बैकल्पीक मैदानको रुपमा मात्र प्रयोग गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले आज काठमाडौँमा पत्रकार […]

November 16, 2018

भोलीदेखि ए डिभिजन लिग सुचारु, दोस्रो चरणमा कोको खेल्दै?

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो चरणका खेलहरु शनिबारदेखि सुरु हुँदैछन् । दशैंअघि पहिलो चरणको खेल सकिएपछि स्थगित लिग शनिबारदेखि सुचारुहुन लागेको हो । शनिबार लिगअन्तर्गत दुई खेल हुनेछन् ।  हल्चोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ रंगशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब र न्यू रोड टिम (एनआरटि) भिड्नेछन् । दोस्रो […]

November 15, 2018

सन्दीपले फेरी दिल्ली डेयरडेभिल्सबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग को सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । दिल्लीले यस सिजनका लागि ठूला नामहरुलाई टोलीबाट बाहिर राख्दा सन्दीप भने फेरीपनि दिल्लीमै रहने भएका हुन् । दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन […]

November 15, 2018

‘अबको लक्ष्य साफ च्याम्पियन बन्ने’ – प्रशिक्षक हरि खड्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले महिला राष्ट्रिय फुटबल टोलीको अबको लक्ष्य साफ च्याम्पियन बन्ने बताएका छन् । बिहीबार म्यानमारमा भएको एएफसीअन्तर्गत ओलम्पिक छनोटको प्रारम्भिक चरणबाट दोस्रो चरणमा छनोट भएपछि स्वदेश फर्कने क्रममा प्रशिक्षक खड्काले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘खेलाडीको मेहनतले ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेका छौं । […]

November 15, 2018

पुलिसलाई हराउँदै च्यासललाई राइनो गोल्ड कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लबले सिजनको पहिलो उपाधिको रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवलपरासीको कोल्हुवामा बिहिबार भएको उपाधि भिडन्तमा उपाधिको अर्काे दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै च्यासलले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल […]

November 15, 2018

ईपीएललाई आईसीसीको मान्यता

काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी पुस ७ गते सम्म चल्ने तेस्रो संकरणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट २०१८ लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको छ । गत संकरणको प्रतियोगितामा २० हजार डलर तिरेर ईपीएलले आईसीसीको मान्यता पाएको थियो । आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको […]

November 15, 2018

महिला टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तरगतको एसिया क्षेत्रको प्रारम्भिक छनोट चरण पार गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली बिहिबार स्वदेश फर्किएको छ । नेपाली महिला टोली बिहिबार मालिन्डो एयरलाइन्सबाट दिउसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलएिको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ […]

November 15, 2018

राष्ट्रिय फुटबल टोली अाज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० अोलम्पिकको एएफसी महिला फुटबल छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली अाज स्वदेश फर्कदैछ । टोली दिउँसो १२:२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने कार्यक्रम रहेको छ । झन्डै डेढ महिना प्रशिक्षण गरेर चीनमा ३ मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडी म्यानमार पुगेको […]

November 14, 2018

सुजल ६ साता मैदान बाहिर रहने

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर सुजल श्रेष्ठ हत्केलाको चोटका कारण ६ साता मैदानबाहिर रहने भएका छन् । बुधबार विहान प्रशिक्षणका क्रममा लड्दा चोट बोकेका उनले साँझ परिक्षण गर्दा हत्केलामा चोट देखिएपछि डाक्टरले ६ साता विश्राम गर्न भनेका हुन् । उनको हातमा प्लास्टर गरिएको छ । लिग अन्तर्गत पहिलो खेलमा […]

Success

Thank you for your time.