default_image

breaking big news

October 28, 2018

एएफसी यू-१९ : कमजोर पाकिस्तानविरुद्ध खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपाल र पाकिस्तान भिड्दैछन् । थाइल्याण्डमा जारी प्रतियोगितामा समूहको दुवै खेलमा भारी अन्तरले पराजित पाकिस्तान प्रतियोगिताबाट बहिरिसकेको छ । यता नेपाल भने अन्तिम चरणमा छनोट हुने सम्भावना बलियो बनाएर पाकिस्तानको सामना गर्दैछ । नेपाल पहिलो खेलमा थाईल्यान्डसँग ३-० ले पराजित भएपनि दोस्रो खेलमा भारतलाई २-० […]

October 28, 2018

सन्दीप र वार्नर एउटै टिमबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एक पछि अर्को अन्तर्राष्ट्रिय चर्चित फ्रन्चाइज टी–२० लिग खेलिरहेका राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सर्सबाट खेल्ने भएका छन् । सिलेटबाट अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नर पनि खेल्ने छन् । दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधान अनुसार अक्सन अघिनै सिलेटले सन्दीप र वार्नरलाई लिएको […]

Ronaldo

October 28, 2018

युभेन्टसको कमब्याकमा रोनाल्डो नायक

इम्पोली (एजेन्सी) – इटालियन सिरी ‘ए’ अन्तर्गत क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ। पहिलो हाफमा पछि परेको युभेन्टसलाई जित दिलाउन दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे। पहिलो हाफमा घरेलु टोली इम्पोलीका लागि फ्रान्सेस्को कपुतोले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। युभेन्टसले खेलमा पकड देखाएपनि पहिलो हाफमा गोल गर्न सकेन। […]

October 27, 2018

नेपाल एक खेल अगावै यू–१५ साफको सेमिफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – नेपाल यूवा फुटबल टोली एक खेल अगावै ललितपुरमा जारी यु–१५ साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ । समूह ‘ए’ को शनिबार भएको खेलमा बंगलादेशलले माल्दिभ्समाथि ९–० को फराकिलो जित दर्ता गरेपछि नेपालले एक खेल अगावै च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ४–० […]

October 27, 2018

पीपीएल: काठमाडौंले धनगढीलाई १७ रनले हरायो

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ […]

October 27, 2018

गौरवको आक्रामक ब्याटिङ, धनगढीलाई १ सय ८१ रनको लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – गौरव तोमरले आक्रामक ब्याटिङ गरेपछि पोखरा प्रिमियर लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८१ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल खडा गर्यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गौरवले ४४ […]

October 27, 2018

पारसको टिम ६५ रनमा समेटियो, बुटवलको शानदार जित

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ । बुटवलले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १७ औं ओभरमा ६५ रनमा अलआउट भयो । तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गरेपछि चितवनको शीर्षक्रम ध्वस्त भएको थियो । […]

October 27, 2018

कप्तान पारसले उचाले विश्वकप ट्रफी (फोटोफिचर)

पोखरा (हाम्रो खेलकुद) – आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान पोखरा ल्याइएको ट्रफी केहिबेर फेवाताल परिसरमा राखेर पोखरा रंगशालामा ल्याइएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व […]

October 27, 2018

पीपीएल : बुटवलद्वारा चितवनसामु १ सय ३६ रनको लक्ष्य प्रस्तुत

पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा बुटबल ब्लास्टर्सले चिवतन राइनोजलाई १ सय ३६ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको हो । खराव शुरुवात गरेको बुटवलका लागि नेपाली […]

October 27, 2018

हिमालको काखमुनी विश्वकप ट्रफी (फोटो फिचर)

पोखरा (हाम्रो खेलकुद) – आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । अर्काे वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको एक […]

Success

Thank you for your time.