March 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले ४ स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ । यसअघि नेपाल १ सय ३औं स्थानमा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली […]
March 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणलाई एनसेलले मुख्य प्रायोजन गर्ने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष आश्रेयता कार्की चौधरी र एनसेलका चिफ कमरसियल अफिसर उमेर हुसेनले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एकवर्षको लागि भएको प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले जानाकारी दिए। ठूलै रकममा नै सम्झौता भएको भनिए पनि रकम खुलाइएन […]
March 7, 2025
एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । युनाइटेड सोसिडाडसँग बिहीवार भएको खेलमा १-१ को बराबरीमा रोकिएको हो । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका जोहोशू जिर्कजीले गोल गरे । सोसिडाडका लागि मिकल ओयार्जाबलले गोल गरे । खेलको ५७औं मिनेटमा जिर्कजीले गोल […]
March 7, 2025
एजेन्सी – चेल्सीले युरोपा कन्फ्रेन्स लिग अन्तिम १६ को पहिलो लेगमा बिहीवार कोपनहेगनलाई २-१ ले हराएको छ। रिस जेम्स र एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई जित दिलाए। पहिलो हाफभरि चेल्सीले कोपेनहेगनको संगठित डिफेन्स विरुद्ध एउटा पनि प्रहार गर्न सकेन । घरेलु टोलीले राम्रो आक्रमणात्मक खेल प्रस्तुत गरेपनि पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफको […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]