April 23, 2020
एजेन्सी – एउटा राम्रो खेलाडी बन्न उसलाई परिवारको साथ र हौसला पनि त्यतिनै चाहिन्छ । वैवाहिक जीवनपछि जीवनसाथी सँगको सम्बन्धले पनि खेलमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ । खेल नभएको समय सकेसम्म खेलाडी घर परिवार र साथीभाईसँगै समय बिताउन चाहन्छन् । विश्व क्रिकेट इतिहासमा विवाहित जोडी नै क्रिकेट खेल्ने कमै छन् । एकै खेल खेल्दा […]
April 22, 2020
एजेन्सी – बंगलादेशका पूर्व कप्तान तथा स्टार अलराउन्डर सकीब अल हसनले विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) विरुद्ध लडाईको लागि पैसा जुटाउन इंग्ल्यान्डमा गत वर्ष एक दिवसिय विश्वकपमा आफुले प्रयोग गरेको ब्याट लिलाम गर्ने भएका छन् । ३३ वर्षीय अलराउन्डर सकीबले गत वर्ष इंग्ल्यान्डमा भएको विश्वकपमा २ शतक र ५ अर्ध शतक सहित कुल […]
April 22, 2020
कप्तान कथन लेखबहादुर क्षेत्री (एलबी) (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान) मैले क्रिकेट सानोमा कोलकाताको बंगालमा पठनपाठनको क्रममा सिकेको हुँ । म घरको कान्छो छोरा । एउटा दिदी र तीन दाईहरु । बुबा भारतमा जागिरे भएको कारण हामी सबैले उतै बसेर पढेका हौं । कहिलेकाहिँ नेपाल आउँथ्यौं । बंगाली केटाहरुले बहादुर त क्रिकेट खेल्न जान्दैनस् […]
April 22, 2020
एजेन्सी – अनुभवी विकेटकिपर महेन्द्र सिंह धोनी भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान् हुन् । आइसिसीको तीनै प्रतियोगिता (एकदिवसिय विश्वकप, टि२० आई विश्वकप र च्याम्पियन्स ट्रफी) उपाधि जित्ने विश्वको एक्लो कप्तान धोनी सर्वश्रेष्ठ विकेटकिपर तथा फिनिसर ब्याट्सम्यान मानिन्छन् । डेढ दशक समय भारतको सिनियर टोलीबाट खेल्दा धोनीले अधिकाम्स खेलमा आफ्नो प्रर्दशनमा खेल फिनिसिङ गर्दै जिताएका […]
April 21, 2020
कप्तान कथन उत्तम कर्माचार्य (पूर्व कप्तान,नेपाली राष्ट्रिय क्रिकेट टोली) मेरो जन्म २०१९ साल माघ ३ गते जनकपुरमा भएको हो । त्यति बेलाको बस्ती निकै पातलो थियो । मैले १३–१४ वर्षदेखि क्रिकेट खेल्न थालेको थिएँ । सिनियर दाइ कल्याण प्रसाद उपाध्याय, बञ्चु कोइराला भारतबाट पढेर आउँदा क्रिकेट पनि सिक्नु भएको थियो । उहाँहरु मेरो घरकै छेउमा […]
April 21, 2020
विनोदबाबु रिजाल चितवन लकडाउनको आज २९ औं दिन । कोरोना भाइरसको प्रसार रोक्न यतिखेर सारा नेपाली घरमै छन् । अत्यावश्यक कामबाहेक सबै बन्द छन् । चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम प्रायः बन्द नै छ । लकडाउनको केही दिन अघिबाट पूरै काम बन्द भएको रंगशालामा एक साता अघिबाट आंशिक काम थालिएको छ । […]
April 20, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस(कोभिड१९) को कारण अनिश्चित समयका लागि स्थगित भएको छ । कोरोनाको महामारी दिन प्रतिदिन बढ्दै जादा तत्काल खेलकुदका कुनैपनि गतिविधि सुरु हुने सम्भावना छैन । अष्ट्रेलियामा अक्टोबरदेखि टि२० विश्वकप र त्यसअघि सेप्टेम्बरमा एसिया कप हुने हुँदा आइपिएलका लागि समय निकाल्न […]
April 20, 2020
एजेन्सी – बंगलादेशका सर्वाधिक सफल विकेटकिपर ब्याट्सम्यान मुश्फिकुर रहिमले कोरोना भाइरस (कोभिड१९) का बिरामीहरुलाई सहयोग गर्न आफ्नो ऐतिहासिक ब्याट लिलाम गर्ने भएका छन् । मुश्फिकुरले सन् २०१३ मार्चमा श्रीलंकाविरुद्ध टेष्टमा दोहोरो शतक प्रहार गर्ने ब्याट लिलाम गर्ने भएका छन् । ‘मलाई यो ब्याट विशेष मन पर्छ, किनभने यसले इतिहास बोकेको छ । यो देशको लागि […]
April 19, 2020
एजेन्सी – खेलकुदलाई लोकप्रिय र रोमाञ्चक बनाउन खेलाडीको प्रर्दशन मात्र होइन समर्थकको साथ पनि त्यतिनै चाहिन्छ । समर्थकको साथले खेलाडीको प्रर्दशनमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्छ । हरेक खेलाडी आफ्नो घरेलु मैदानमा समर्थक सामु खेल्न चाहान्छन् । समर्थकलाई १२ औं खेलाडी भन्ने गरिन्छ । तुलनात्मक रुपमा घरेलु मैदानमा खेलाडी हाबी हुन्छन् । समर्थक संख्यासँगै खेल्ने वातावरणमा […]
April 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिचमा नयाँ माटो हाल्ने तयारी गरेको छ । विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण विश्व संकटमा छ । खेलकुदका सम्पुर्ण गतिविधि ठप्प छन् । नेपाल सरकारले लकडाउन लगाएको झण्डै १ महिना पुग्न लागेको छ । लकडाउन भई रहँदा टीयु […]