default_image

क्रिकेट

captains

April 27, 2020

पूर्व कप्तानहरु भन्छन्,’यहि गतिले टेष्ट खेल्न सकिन्न’

भुपेन्द्र जिसी, काठमाडौं सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्दै औपचारिक अन्तर्राष्ट्रिय यात्राको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली हालसम्म आईपुग्दा ओडीआई मान्यता राष्ट्र बनेको छ । २४ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उतारचढाव धेरै रह्यो । यो अवधिमा नेपालले एसोसिएट राष्ट्रमा एक बलियो टोलीको रुपमा आफुलाई स्थापित गरिसकेको छ । सिमित श्रोत र साधनकाबीच खेलाडीको […]

April 26, 2020

‘विश्वकप जित्ने सपना छ’– रोहित

एजेन्सी– भारतीय क्रिकेट टोलीका आक्रामक ओपनर रोहित शर्माले विश्वकप जित्ने सपना रहेको बताएका छन् । सिमित ओभरमा वर्तमान क्रिकेटका सर्वाधिक सफल ओपनर रोहितले इन्डिया टुडेसँग यस्तो इच्छा व्यक्त गरेका हुन् । ‘विश्वकप जित्नु हामी सबैको एकसाथ सपना हो । विश्वकप भनेको शिखर हो । जुन म चुम्न चाहान्छु । विश्वकपको भोक बढी रहेको छ’, रोहितले […]

Binod Das in last match

April 26, 2020

विनोद दास – ‘क्रिकेटले जे दियो, त्यो फर्काउन लागेको छु’

कप्तान कथन विनोद दास (राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान) मैले क्रिकेट खेल्न सुरुवात गर्दा अहिलेको जस्तो अवस्था थिएन । समय बिताउने बाटोको रुपमा हेरिन्थ्यो । क्रिकेटसँगै मार्सल आर्ट्स र फुटबलमा पनि रुचि थियो । सिजन अनुसार खेल्थ्यौं । वर्षाको समयमा पानी पर्ने हुँदा फुटबल खेलिन्थ्यो । अरु बेलामा बिहान मार्सल आर्ट्स र बेलुका क्रिकेट । […]

April 26, 2020

कोहलीका ५ गल्ती

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वर्तमान समयका उत्कृष्ट ब्याट्सम्यान मध्यका एक हुन् । कोहलीले ब्याटिङ र कप्तानी दुवैमा राम्रो गर्दै भारतलाई तीनै शैलीको अब्बल टोली बनाएका छन् । भारत टेष्टमा शीर्ष स्थानमा छ । पक्कैपनि काम गर्नेक्रममा गल्ती सबैबाट हुन्छनै । केहि गल्तीले पाठ सिकाउँछ । केहि गल्ती देख्नलाई सामान्य भएपनि मुल्य […]

April 25, 2020

परेश लोहनी – ‘कप्तान बन्छु भन्ने सपना थिएन’

कप्तान कथन परेश लोहनी (पूर्व कप्तान, नेपाली राष्ट्रिय क्रिकेट टोली) मेरो घर काठमाडौं हो । जन्म सन् १९८० मा । नेपालमा क्रिकेटको पाएनेर मेरो मामुको बुबा स्वर्गिय डा. कल्याणमणि दक्षित हो । उहाँको घर महाराजगञ्जमा थियो । त्यहाँ भाडामा दिएर गैरीधारामा बस्नुहुन्थ्यो । म ६,७ वर्षको थिएँ । उहाँ (हजुरबुबा) घरमै नेटमा अभ्यास गर्नुहुन्थ्यो । […]

April 25, 2020

कोहली र डी भिलियर्सको संयुक्त प्रयास

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र दक्षिण अफ्रिका पुर्व कप्तान एबि डी भिलियर्सले मिलेर ब्याट, जर्सि र ग्लभ्स (पञ्जा) लिलामी गर्ने भएका छन् । कोहली र डिभिलियर्सले विश्वभर महामरीको रुप लिएको (कोभिड१९) प्रभावितलाई सहयोग गर्ने उदश्यले एकसाथ इन्डियन प्रिमियर लिग (आइपिएल) २०१६ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट गुजरात लायन्सविरुद्ध प्रयोग गरेको ब्याट, ग्लभ्स […]

April 24, 2020

राजु खड्का – ‘कप्तान भएर पनि भिसा नलाग्नु दुखद’

कप्तान कथन राजु खड्का (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान) घर मेरो भैरहवा हो । १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेको थिएँ । स्कुलको मैदानमा आफ्नो उमेरका साथीहरुसँग खेलिन्थ्यो । जहाँ सिनियर दाईहरु पनि त्यहि मैदानमा अभ्यास गर्न आउथे । सिनियर दाई त्यति बेला वसन्त शाही, शंकर राना लगायतका थिए । अभ्यास गर्न आउँदा विकेटकिपरले […]

April 24, 2020

नेपाली क्रिकेटले सिकेको पाठ

भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटका लागि २०७६ साल फलदायी रहेन । आशा गरेभन्दा विपरित नतिजा आउँदा निराशा बढी रह्यो । यो वर्ष नेपालले गुमाएको सबैभन्दा ठुलो अवसर टि२० विश्वकपको यात्रा सुरुवातमै टुंगिनु हो । नेपालले ३१ अन्तर्राष्ट्रिय खेलमा १४ जित, १५ हार र २ रद्दको नतिजा आत्मसात गर्यो । एकै वर्षमा पाँच विश्व कीर्तिमान बने […]

April 24, 2020

‘अझै राम्रो प्रदर्शन गर्न सक्छौं’

प्रकाश तिमल्सिना, काठमाडौं कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको महिना दिन नाघि सक्यो । अत्यावश्यकबाहेक सेवासँग सम्बन्धित सबै क्षेत्रसँग नागरिक घरमा सिमित छन् । लकडाउनले दैनिक मजदुरी गर्ने र कमजोर आर्थिक अवस्था भएकाहरुका लागि जीवन निर्वाहका लागि निकै कठिन हुँदै गएको छ । ती कमजोर अवस्था भएकाहरुलाई मध्यनजर गर्दै स्थानिय […]

April 23, 2020

‘देशको कप्तान भएको सम्झँदै गर्व लाग्छ’

कप्तान कथन पवन अग्रवाल (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व–कप्तान) म सानै देखि क्रिकेट खेल्थें । ठ्याक्कै उमेर र साल याद भएन । कलैयाको राजदेवी टोल थियो, हामी त्यहाँ नै क्रिकेट खेलेर हुर्कियौं । मैले क्रिकेट खेल्दा कलैयाको अवस्था राम्रै थियो । कलैया क्रिकेट क्लब भएको हुँदा सहज थियो । क्लबमा सिनियर दाईहरु खेलिरहनु हुन्थ्यो । […]

Success

Thank you for your time.