April 30, 2018
बेंगलोर (एजेन्सी) – अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा अाइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले १९.१ अोभरमा प्राप्त गरेको थियो । कोलकाताका लागि अोपनर लिनले नटअाउट ६२ रनको योगदान दिए । उनले […]
April 29, 2018
जयपुर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा छैटौं जित दर्ता गर्दै सनराइजर्स हैदराबाद शिर्षस्थानमा उक्लेको छ। राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दै हैदराबादले ८ खेलमा ६ जित हासिल गरेको हो। हैदराबादको जितमा कप्तान केन विलियम्सनले ‘म्यान अफ दी म्याच’ पारी खेले। टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै बनाएको १ सय ५१ रन रक्षा […]
April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान अनिल कुमार शाह दोस्रो संस्करणको इलाइट प्लेयर सिरिज टि–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न आइतबार सिंगापुर प्रस्थान गरेका छन् । सिंगापुर क्रिकेट एसोसिएसनको आयोजनामा हुने इलाइट प्लेयर सिरिज टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान अनिलले एसजी क्रिमसोन्स टिमबाट खेल्ने छन् । क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल […]
April 29, 2018
पुने (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार र मुम्बईको दोस्रो जित हो । जितपछि मुम्बई छैटौं स्थानमा उक्लेको छ । १ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईका लागि माथिल्लो क्रमका ब्याट्म्यानले सामूहिक प्रदर्शन […]
April 28, 2018
पुने (एजेन्सी)– शीर्षस्थानको चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार मुम्बई इन्डियन्सलाई जितका लागि १ सय ७० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ । रैनाले अविजित रहँदै ७५ रन बनाए । […]
April 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्वर ७ राजधानीमा जारी मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको सेमिफाइलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा प्रदेश नम्वर ४ लाई १ सय ५ रनको भारी रन अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो । ७ नम्वर प्रदेशले दिएको १ सय […]
April 28, 2018
दिल्ली (एजेन्सी)– दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित दर्ता गरेको छ । कोलकाता नाइट राइडर्सलाई शुक्रबार ५५ रनले हराउँदै दिल्लीले ७ खेलमा दोस्रो जित हासिल गरेको हो । २ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो । ठूलो लक्ष्य […]
April 27, 2018
दिल्ली (एजेन्सी)– दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई २ सय २० रनको विजय लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले माथिल्लो क्रमका ब्याट्सम्यानको उच्च प्रदर्शनका कारण निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको छ । श्रेयस ऐयर र ओपनर पृथ्वी सोले […]
April 27, 2018
हैदराबाद (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार किङ्स ११ पञ्जाबलाई १३ रनले हराएको छ । ७ मध्ये ५ खेल जितेको हैदराबादको १० अंक साथ दोस्रो स्थानमा उक्लेको छ । ६ खेलमा चेन्नई सुपर किङ्स र ७ खेलमा पञ्जाबको पनि समान १० अंक छ । चेन्नई शीर्ष र पञ्जाब तेस्रो स्थानमा छ । […]
April 26, 2018
बैंगलुरु (एजेन्सी)– महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनबाट प्रेरित चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ । जितपछि चेन्नई पुनः शीर्षस्थानमा उक्लेको छ । समान १० अंक भएपनि किङ्स ११ पञ्जाब दोस्रो स्थानमा झरेको छ । छैटौं खेलमा चेन्नईको त्यो पाँचौ जित थियो । छैटौं खेलमा […]