default_image

क्रिकेट

October 2, 2024

दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन् […]

October 2, 2024

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा टमाटा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले आफ्नो मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहिसकेका टमाटालाई सुदूरपश्चिमले यो जिम्मेवारी दिएको सामाजिक संजाल मार्फत जानकारी गराएको हो । क्लबले टमाटालाई मुख्य प्रशिक्षकका रुपमा भित्राउन पाउदा खुसी लागेको बताएको छ ‘टमाटा नेपाली क्रिकेट प्रतिभाको […]

October 2, 2024

टेस्ट कप्तानीबाट साउथीको राजीनामा

एजेन्सी – टिम साउथीले न्युजिल्यान्डको टेस्ट कप्तानबाट राजीनामा दिएका छन् । श्रीलंकासँगको टेस्ट सिरिज गुमाएसँगै साउथीले कप्तानीबाट राजिनामा दिएका हुन् । न्युजिल्यान्ड क्रिकेट बोर्डले अक्टोबर १६ बाट भारतसँग हुने टेस्टका लागि टम लाथमलाई टोलीको कप्तानी दिएको छ । सन् २०२२ मा केन विलियम्सनले कप्तानी छोडे पछि साउथीले सो जिम्मेवारी लिएका थिए । यस बीचमा साउथीको‌ […]

October 2, 2024

कप्तानबाट बाबरको राजिनामा

एजेन्सी – पाकिस्तानका ओडिआई तथा टि ट्वान्टी टोलीका कप्तान बाबर आजमले कप्तानीबाट राजीनामा दिएका छन् । आफ्नो कामको बोझ कम गर्न र आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न चाहेको भन्दै एक वर्षभन्दा कम समयमा बाबरले दोस्रो पटक कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक संजालमार्फत पोस्ट लेख्दै बाबरले राजिनामाको घोषणा गरेका हुन् । ‘मैले आफ्नो प्रदर्शनलाई प्राथमिकता […]

October 2, 2024

क्यानडासँग नेपालको अर्को हार

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीसँग नेपाल अर्को खेलमा पनि पराजित भएको छ । क्यानडाको किंग सिटीमा मंगलवार भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले हराएको छ। १ सय ४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका […]

October 1, 2024

एनपिएलका टिम मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) का ८ टोलीका मालिक सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ एक कार्यक्रम आयोजना गर्दै टिम मालिकको नाम सार्वजनिक गरेको हो। सोही कार्यक्रममा ८ टोलीको लोगो पनि प्रदर्शन गरिएको थियो। यद्दपी अधिंकाश टोलीले‌ केही दिन यता टोलीको नाम र लोगो सार्वजनिक गरिसकेका छन्। अधिकांश टिमका […]

October 1, 2024

नेपालद्वारा क्यानडालाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले घरेलु टोलीलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारे ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्न सक्यो । राम्रो सुरुवात गरेको नेपालका ओपनर बाहेकका अन्य […]

October 1, 2024

सोमपाल टिममा फर्किए

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका तीव्र गतिका बलर सोमपाल कामी टिममा फर्किएका छन् । क्यानडा त्रिकोणात्मक सिरिजमा नेपालले गएको खेलमा खेलेका दुई खेलाडीलाई बेन्चमा राखेको छ । रिजन ढकाल र देव खनाललाई बेन्चमा राख्दा सोमपाल र ललित नारायण राजवंशीलाई मौका दिएको हो । सोमपालले ओमानविरुद्धको खेल गुमाएका थिए भने ललितले यो सिरिजमा पहिलो पटक मौका […]

October 1, 2024

नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोली विरुद्ध नेपालले टस हारेको छ । क्यानडाका कप्तान निकोलस किर्तनले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । सिरिजका अघिल्ला दुईमध्ये नेपाल १ मा विजयी र अर्कोमा पराजित भएको थियो।

October 1, 2024

एनपिएल टोली लुम्बिनीको लोगो र नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनीले आफ्नो नाम र लोगो घोषणा गरेको छ । लुम्बिनीले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम लुम्बिनी लायन्स रहनेछ । लुम्बिनीका मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल रहेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) को‌ […]

Success

Thank you for your time.