default_image

क्रिकेट

June 16, 2023

द एशेजः रुटको उत्कृष्ट शतकमा इंग्ल्यान्डको बलियो योगफल

एजेन्सी – वर्तमान समयका विश्वका एक उत्कृष्ट ब्याटर जो रुटको शतकमा इंग्ल्यान्डले द एशेजको पहिलो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा बलियो योगफल बनाएकोछ । बर्मिङ्घमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड पहिलोे दिन मात्रै ७८ ओभरमा ३९३-८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो दिनको खेल समाप्त हुन २० मिनेट बाँकी रहँदा इनिङ […]

June 16, 2023

भारतको हातमा नेपालको भविष्य!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा शनिबार घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार शनिबार बिहान ६: ४५ मा हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित हुँदा भारतसँग वर्षाको कारण अंक बाँडेको थियो । नेपाल २ खेलमा १ मा हार १ खेलमा अंक बाँड्दै […]

June 16, 2023

विश्वकप छनोट खेल्ने पाँच सुपरस्टार

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप छनोट आइतबारदेखी जिम्बावेमा सुरु हुँदैछ । १० टोली सहभागी प्रतियोगिताबाट सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । समूह ए मा वेस्टइन्डिज, जिम्बावे, नेपाल, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । यस पटक […]

June 16, 2023

नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ । नेपाल र जिम्बावेबीचको खेल आइतबार हरारे स्पोर्ट्स क्लबमा दिउँसो १२ ः ४५ मा खेल्नेछ । उक्त खेल नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्नेछ । नेपालले २०१८ […]

June 16, 2023

विश्वकप छनोट खेल्ने १० टोलीका प्रमुख ब्याटर

एजेन्सी – कुनैपनि टोलीलाई जिताउन सबै ११ खेलाडीको प्रदर्शन त्यतिनै महत्वपूर्ण हुन्छ । क्रिकेटमा जितको लागि ब्याटिङ, बलिङ, फिल्डिङ, कप्तानी र टिम रणनीति सधैं महत्वपूर्ण हुन्छ । तर क्रिकेटमा एक खेलाडीको प्रदर्शनले भने धेरै फरक पार्छ । क्रिकेटमा ब्याटिङमा प्रमुख खेलाडीबाट टोलीले सधैं उच्च प्रदर्शनको आशा राखेको हुन्छ । एक खेलाडीले आफ्नो सानदार प्रदर्शनमा टोलीको […]

June 16, 2023

विश्वकप छनोट खेल्ने १० टोली, कप्तान र खेलाडीहरु

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप छनोट आइतबारदेखी जिम्बावेमा सुरु हुँदैछ । आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउन १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ । १० टोलीबाट दुई टोलीले मात्रै भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड […]

June 16, 2023

द एशेज : इंग्ल्यान्ड र अष्ट्रेलियाको सर्वाधिक ठूलो युद्ध!

एजेन्सी – विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय टेस्ट सिरिज द एशेज आजदेखी इंग्ल्यान्डमा सुरु हुँदैछ । इंग्ल्यान्ड र अष्ट्रेलियाबीच हुने द एशेज सर्वाधिक प्रतिष्ठित र प्रतीक्षित सिरिज हो । पाँच खेलको टेस्ट सिरिज यी दुई देशबीचको सर्वाधिक ठूलो प्रतिष्ठाको लडाईं समेत हो । पहिलो टेस्ट खेल आज दिउँसो ३ः ४५ देखी बर्घिंङ्घममा सुरु हुनेछ । यसै […]

June 15, 2023

अली खानको बलिङमा शतक!

एजेन्सी ( अमेरिका तीव्र गतिका बलर अली खानले आइसिसी एकदिवसीय वार्मअप खेलमा श्रीलंकाविरुद्ध खराब बलिङ गर्दै एक सय भन्दा बढी रन खर्चिएका छन् । अमेरिका श्रीलंकासँग १ सय ९८ रनले पराजित हुन पुग्यो । जिम्बावेको बुलायो एथ्लेटिक क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९२ रन […]

June 15, 2023

कुशलको शतकसँगै नेपालको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको शतक, भीम सार्कीको अर्धशतक र सोमपाल कामीको पाँच विकेटको सहयोगमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालल ४४.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपाललाई सहज जित दिलाउन […]

June 15, 2023

कुशलको शतकसँगै नेपाल सहज जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको शतकससँगै नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानविरुद्ध जिततर्फ अघि बढेको छ। जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३० ओभरमै १ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ९१ बलमा १३ चौका र २ छक्कासहित १ सय रनमा […]

Success

Thank you for your time.