default_image

क्रिकेट

April 15, 2024

नेपालले टस जित्यो, खेल १८ ओभरको हुने

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल र हङकङ खेल्दैछन् । वर्षाका कारण १८ ओभरको खेल १२:४५ बजे सुरु हुनेछ । नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् […]

April 15, 2024

मुम्बईमाथि चेन्नईको जित

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्समाथि सानदार जित निकालेको छ । चेन्नईले मुम्बईलाई २० रनले हराएको हो । २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । रोहित र इशान शर्माले पहिलो […]

April 14, 2024

हङकङ साउदी अरबविरुद्ध स्तब्ध

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि प्रिमियर कपमा हङकङ साउदी अरेबिया विरुद्ध स्तब्ध भएको छ । समूह ए अन्तर्गत अल अमेरातमा भएको खेलमा हंगकंगलाई साउदीले ५५ रनको हार चखाएको हो । साउदीले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १ सय ४७ रनमा समेटियो । हङकङका लागि कप्तान निजाकत खानले […]

April 14, 2024

अकिबको ह्याट्रिकमा ओमानले कम्बोडियालाई हरायो

मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर अकिब इल्यासले ह्याट्रिक लिएपछि एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह बी को खेलमा आयोजक ओमानले कम्बोडियालाई ६३ रनले पराजित गरेको छ । अल अमेरत मैदानमा आइतबार वर्षाले खेलको सुरुवात प्रभावित भएपछि ११ ओभरमा घटाइएको थियो । कम्बोडियाले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिने निर्णय सफल भने भएन । […]

April 14, 2024

राजस्थानसँग पन्जाबको हार

एजेन्सी – सामूहिक प्रदर्शन गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकालेको छ । राजस्थानले पन्जाब किङ्सलाई ३ विकेटले हराएको छ । एक सय ४८ रनको लक्ष्य पछएको राजस्थानले १९.५ ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५२ रन जोड्दै जित दर्ता गरेको हो ।टोलीका लागि यसस्वी जैसवालले २८ बलमा सर्वाधिक ३९ रन, […]

April 14, 2024

टि ट्वान्टी विश्वकप– अमेरिकामा जर्सी प्रि अर्डर गर्न सकिने

टेक्सस (हाम्रो खेलकुद) – अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा हुने आइसीसी टि ट्वान्टी विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले केहि दिन गत साता काठमाडौंमा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरेको थियो । जुनको १ देखि २९ सम्म हुने टि ट्वान्टीमा नेपाली टोलीले लगाउने जर्सीको अमेरिकी विक्रि अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको छ […]

April 13, 2024

मलेसियाको साउदी अरबविरुद्ध जित

मस्कट (हाम्रो खेलकुद) – मलेसियाले ओमनमा जारी एसिसि प्रिमियर कपमा पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा नेपाल विरुद्ध पराजित मलेसियाले दोस्रो खेलमा साउदी माथि १२ रनको जित दर्ता गरेको हो । मलेसियाले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको साउदी अरबले १९.१ ओभरमा अलआउट हुदै १३४ रन मात्र बनाउन सक्यो । साउदी अरबका लागि […]

April 13, 2024

दीपेन्द्रको उत्कृष्ट अल-राउण्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

मस्कट (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अल-राउण्ड प्रदर्शनमा साविक विजेता नेपालले ओमनमा जारी एसिसि मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रवार मलेसिया माथि जित हात पारेको नेपालले आज भने कतार माथि ३२ रनको जित निकालेको हो । नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा विकेट गुमाउँदै […]

April 13, 2024

दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङमा नेपालको विशाल योगफल

मस्कट (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो । नेपालका लागि दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का सहित २१ बलमा ६४ रन बनाए […]

April 13, 2024

कतार विरुद्ध विवेक खेल्दै

मस्कट (हाम्रो खेलकुद) – ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा विवेक यादव खेल्दै छन् । विवेक यादवले मलेसिया विरुद्धको जितमा खेलेको टोलीमा करण केसीको स्थान लिने छन् । नेपालका लागि १४ सदस्सीय स्क्वाड मध्य करण सहित अनिल शाह र प्रतिश जिसी टोलीबाट बाहिर रहने छन् । नेपालले […]

Success

Thank you for your time.