default_image

क्रिकेट

June 5, 2025

आरसिबीको विजयोत्सवमा त्यो दुःखद घटना

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) जितेपछि विजयोत्सव मनाउनुपर्ने क्रममा ११ जनाको मृत्यु भएको छ। बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियम नजिकै बुधवार भागदौडमा ११ जनाको मृत्यु भएको थियो। अन्य धेरै मानिस घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले घटनाको कारण पत्ता लगाउन छानबिनको आदेश दिएका छन्। […]

June 4, 2025

आरिफलाई ‘प्लेयर अफ द म्याच’ अवार्ड

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालका ब्याटर आरिफ शेख ‘प्लेयर अफ द म्याच’ भएका छन् । आरिफले नेदरल्याण्ड्सविरुद्धको खेलमा ८९ बलमा ७८ रन बनाएका थिए । आरिफले ७ चौका र २ छक्का प्रहार गरेका थिए । आरिफले ओडिआई करियरको आठौं अर्धशतक प्रहार गर्दै नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए […]

June 4, 2025

आरिफको अर्धशतकमा नेपालसँग नेदरल्याण्ड्सको हार

काठमाडौं(हाम्रो खेलकुद) – आरिफ शेखको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा नेदरल्याण्डलाई पराजित गरेको छ । स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको हो । २ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका आरिफले महत्वपूर्ण अर्धशतक बनाए । आरिफले ९९ बलमा ७ चौका […]

June 4, 2025

आरिफको महत्वपुर्ण अर्धशतक पूरा

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजको खेलमा नेदरल्याण्ड्सविरुद्ध आरिफ शेखले अर्धशतक पूरा गरेका छन् । आरिफले ८१ बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई करियरमा कुशलको यो आठौं अर्धशतक हो । अहिले नेपालले ४० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको […]

June 4, 2025

नेपाललाई नेदरल्याण्ड्सको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई २ सय २६ रनको मध्यम लक्ष्य दिएको छ । स्कटल्याण्डको डुन्डीमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २ सय २५ बनाएको छ । नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । आठौं विकेटका लागि कोर्स र रोलेफ […]

June 4, 2025

नेपाल र नेदरल्याण्ड्सको खेलमा वर्षा बाधक

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा वर्षा बाधक बनेको छ । नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ गरिरहेको अवस्थामा वर्षा सुरु भएसँगै खेल रोकिएको हो । वर्षा सुरु हुँदा नेदरल्याण्ड्सले ४७.३ ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । नेदरल्याण्ड्का लागि कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ […]

June 4, 2025

नेपाललाई आइसिसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक संजालमा समर्थकहरुको संलग्नतामा उच्च कार्य गरेको भन्दै नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विभिन्न विधाको विजेता घोषणा गर्दा नेपालले एसिया क्षेत्रको आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ दि इयरको अवार्ड जितेको हो । एसिया क्षेत्रको अन्य देशलाई पछि पार्दै नेपालले […]

June 4, 2025

१ सय बलपछि नेपाललाई तेस्रो सफलता

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ । दोस्रो विकेट लिएको १ सय बल पछि नेपालले तेस्रो सफलता पाएको हो । तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सले विक्रमजित सिंहलाई ३८ रनमा गुमायो । उनको विकेट सन्दीप लामिछानेले लिए । २२ औं ओभरको तेस्रो बलमा सन्दीपले ५६ बल खेलेर २ […]

June 4, 2025

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । सातौं ओभरको खेल सकिदा नेपालले २५ रन खर्चेर नेदरल्याण्ड्सको दुवै ओपनरको विकेट लिइसकेको छ। नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गराईसकेको छ । पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई […]

June 4, 2025

रोहितको अलराउण्ड प्रदर्शनमा बागमतीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – रोहित ठाकुरको अलराउण्ड प्रदर्शनमा टिबी साह राष्ट्रिय यु १६ प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा जित दर्ता गर्ने क्रममा बागमतीले कोशी प्रदेशलाई १ सय ५ रनले पराजित गरेको हो । २ सय ३६ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १ सय ३० रनमा समेटियो । कोशीका लागि […]

Success

Thank you for your time.