June 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को चौथो चरणको त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । त्यो खेलमा नेपालले निर्धारित ५० ओभरको १ बल […]
June 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले टिबी साह यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । बागमतीले शनिवार मधेश प्रदेशलाई ३७ रनको अन्तरले पराजित गर्यो । २ सय ४९ रनको लक्ष्य पछ्याएको मधेश ३६.४ ओभरमा २ सय ११ रनमा समेटियो । मधेशका लागि प्रमञ्जन यादवले २६ बलमा सर्वाधिक ३५ रन जोडे । आयन मुखिया […]
June 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रविन मण्डलको ५ विकेटको सहयोगमा कोशी प्रदेशले टिबी साह यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ । कोशीले शनिवार गण्डकी प्रदेशलाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्यो । २ सय ५७ रनको लक्ष्य पछ्याएको गण्डकी २२.४ ओभरमा ८५ रनमा समेटियो । गण्डकीका लागि ओपनर विनय कार्कीले सर्वाधिक […]
June 7, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँगको पहिलो टि ट्वान्टी आईमा जित हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा घरेलु टोलीले वेस्ट इण्डिजलाई २१ रनले पराजित गरेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको पाहुना टोली २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ६७ रन मात्र बनाउन सक्यो । वेस्ट इण्डिजका लागि ओपनर […]
June 7, 2025
एजेन्सी – आईसिसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई हराएको छ । स्कटल्याण्डको डन्डीमा लगातार दोस्रो हार बेहोर्ने क्रममा नेदरल्याण्ड्स शुक्रबार घरेलु टोलीसँग ४४ रनले पराजित भयो । नेदरल्याण्ड्स सिरिजको पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । २ सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४५ ओभरमा २ सय १८ रन मात्र बनाउँन […]
June 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुशील रावलको ५ विकेट सहयोगमा सुदूरपश्चिम प्रदेशले टिबी साह मेमोरियल यु-१६ क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । तेस्रो खेलमा पहिलो जित हासिल गर्ने क्रममा शुक्रवार सुदूरपश्चिमले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्यो । मधेशले दिएको ८७ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा विक्रम […]
June 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश टिबी साह मेमोरियल यु१६ क्रिकेट प्रतियोगितामा दोस्रो जितका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तेस्रो खेलमा दोस्रो जित हासिल गर्ने क्रममा शुक्रवार लुम्बिनीले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्यो । ९३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा आरिफ खानले १९ बलमा […]
June 6, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आपिएल) जितेको विजयउत्सवका लागि बुधवार आयोजित कार्यक्रममा भागदौड हुँदा ११ जनाको मृत्यु भएको थियो। भागदौडमा अन्य धेरै जना घाइते भएकोमा बेंगलुरु प्रहरीले आरसिबी फ्रेन्चाइज टोलीविरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको हो । एफआईआरमा प्रहरीले चिन्नास्वामी स्टेडियममा कार्यक्रम सञ्चालन गर्न आरसिबीलाई अनुमति नदिएको दाबी गरेको छ […]
June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कविराज खत्रीको ६ विकेटको सहयोगमा कोशी प्रदेशले टिबी साह मेमोरियल राष्ट्रिय यु-१६ प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार कोशीले लुम्बिनी प्रदेशलाई २१ रनले हरायो । १ सय ८२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३४.३ ओभरमा अल आउट हुँदै १ सय ६० रन समेटियो । लुम्बिनीका […]
June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोशन शाहीको अलराउण्ड प्रदर्शनमा कर्णालीले बिहीवार टिबी साह मेमोरियल राष्ट्रिय यु१६ प्रतियोगितामा बागमती प्रदेशलाई पराजित गरेको छ । तेस्रो खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा कर्णालीले बागमतीलाई ३ विकेटले हराएको हो । २ सय ३९ रनको लक्ष्य कर्णालीले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । कर्णालीको जितमा महत्वपूर्ण भूमिका निर्वाह […]