default_image

क्रिकेट

June 3, 2025

रौनकको दोहोरो शतकमा लुम्बिनीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – रौनक श्रीवास्तवको दोहोरो शतकको सहयोगमा लुम्बिनी प्रदेशले टि बी साह यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जित हासिल गरेको हो । ४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी २८.२ ओभरमा ७१ रनमा समेटियो । […]

June 3, 2025

विपिनको ५ विकेटमा कर्णालीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान विपिन प्रसाद शर्माको ५ विकेट लिएपछि कर्णाली प्रदेशले टिबी शाह मेमोरियल यु १६ राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कालिन्चोक क्रिकेट मैदान सुर्खेतमा भएको प्रतियोगिताको दोस्रो खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको छ। ५६ रनको लक्ष्य कर्णालीले १८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । कर्णालीको जितमा नेत्र […]

June 3, 2025

आइपिएलको नयाँ च्याम्पियनका लागि आरसिबी र पञ्जाब भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र पञ्जाब किंग्स आज भिड्दै छन् । पञ्जाब र आरसिबीबीचको फाइनल खेल नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । लिग चरणमा पन्जाब पहिलो र ‌आरसिबी दोस्रो स्थानमा रहेका थिए । पञ्जाब र आरसिबीले पहिलो क्वालिफायर […]

June 3, 2025

करण बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा स्कटल्याण्डलाई हराउँदा अलराउण्ड प्रदर्शन गरेका करण केसी ‘प्लेयर अफ द म्याच’ भएका छन् । नेपालले सोमवार स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दा करणले बलिङ र ब्याटिङ दुवैमा योगदान गरे। १० ओभरमा ४३ रन खर्चेर उनले २ महत्वपूर्ण विकेट लिएका थिए । ब्याटिङमा […]

June 2, 2025

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर करण केसीले विष्फोटक ब्याटिङ गरेपछि नेपालले सोमवार आइसिसी विश्वकप लिग टु मा स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालले घरेलु टोलीमाथि १ विकेटको सनसनीपूर्ण जित निकाल्यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जितका लागि […]

June 2, 2025

करणको अर्धशतक पूरा

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध नेपालका लागि करण केसीले अर्धशतक पूरा गरेका छन् । करणले ३५ बलमा २ चौका र ४ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई करियरमा करणको यो पहिलो अर्धशतक हो । अहिले नेपालले ४८.१ ओभरमा ८ विकेट गुमाएर २ सय […]

June 2, 2025

कुशलको अर्धशतक पूरा

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । कुशलले ४१ बलमा ११ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई करियरमा कुशलको यो नवौं अर्धशतक हो । उनको नाममा ओडिआईमा १ शतक पनि छ । उत्कृष्ट ब्याटिङ सुरुवात गरेको […]

June 2, 2025

नेपालको उत्कृष्ट ब्याटिङ सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ सुरुवात गरेको छ । स्कटल्याण्डले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याईरहेको नेपालले पहिलो पावर प्ले(१० ओभर)को समाप्तीमा ६४ रन जोड्दा कुनै विकेट गुमाएको छैन । स्कटल्याण्डले पहिलो पावर प्ले(१० ओभर)को समाप्तीमा ६३ रन बनाउँदा १ विकेट गुमाएको थियो […]

June 2, 2025

नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई २ सय ९७ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको फोर्थहिलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गर्यो । स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे […]

June 2, 2025

महिला ओडिआई विश्वकप भारत र श्रीलंकामा हुने

एजेन्सी – महिला ओडिआई विश्वकपको १३औं संस्करण भारत र श्रीलंकाले संयुक्तरुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सोमवार विश्वकप आयोजना स्थल र मिति घोषणा गरेको हो । विश्वकप सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म चल्नेछ । विश्वकपका खेल भारत र श्रीलंकाका ५ ठाँउमा हुनेछन् । विश्वकपका खेलहरु भारतको एम. चिन्नास्वामी स्टेडियम […]

Success

Thank you for your time.