default_image

7 months ago

June 4, 2025

नेपाल र नेदरल्याण्ड्सको खेलमा वर्षा बाधक

1246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा वर्षा बाधक बनेको छ ।

नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ गरिरहेको अवस्थामा वर्षा सुरु भएसँगै खेल रोकिएको हो । वर्षा सुरु हुँदा नेदरल्याण्ड्सले ४७.३ ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

नेदरल्याण्ड्का लागि कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा ४६ रन जोडे । ४६ रन जोड्दै कप्तान एडवार्डस ललित नारायण राजवंशीको बलमा रोहित पौडेलबाट समातिए ।

उत्कृष्ट सुरुवात गरेको नेपाल ५ ओभर भित्र नेदरल्याण्ड्सको २ ओपनरलाई आउट गरिसकेको थियो । नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गरेको थियो ।

पहिलो विकेटका रुपमा इनिङको दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए ।

नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरायो । पाँचौ ओभरको पाँचौ बलमा म्याक्स करण केसीको बलमा बोल्ड आउट भए । दोस्रो विकेट लिएको १ सय १ बल पछि नेपालले तेस्रो सफलता पाएको थियो ।

तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सले विक्रमजित सिंहलाई ३८ रनमा गुमाएको थियो । सिंहले कप्तान एडवार्डससँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी नेपालका बलर सन्दीप लामिछानेले तोडेका थिए ।

ज्याक लायन ३४ बलमा २७ रन बनाउँदै ललितको बलमा आउट भए । तेजा निदामनुरु २९ बलमा १३ रनमा सन्दीप लामिछानेको बलमा आउट हुन पुगे । आठौं विकेटका लागि नोहा कोर्स र रोलेफ भान डर मिर्वोले अविजित ५३ रनको साझेदारीमा रहेका छन् ।

नेपालका करण, ललित र सन्दीपले समान २ तथा सोमपालले १ विकेट लिए ।

पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल जितको लयलाई निरन्तरता दिन चाहन्छ । यस सिरिजको पहिलो खेल खेल्दै गरेको नेदरल्याण्ड्स पनि सुखद सुरुवातको अपेक्षामा छ ।

नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा ५ भेट भएको छ । जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ खेलमा विजयी भएको छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १३ खेलमा ८ अंकका साथ लिगको सातौं स्थानमा छ भने नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.