November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किङ्सले अत्यन्त रोमाञ्चक खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराएको छ। विराटनगरको जितमा बसिर अहमदको प्रदर्शन निर्णायक बन्यो। विराटनगरको यो चौथो जित हो र प्ले अफ संभावना निकै मजबुत बनेको छ। कर्णालीको यो तेस्रो हार हो। जितको लागि १ सय ६१ रनको चुनौती पछ्याएको विराटनगरले […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १ सय ६१ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन बनायो। ओपनर मार्क वाट तेस्रो ओभरको पाँचौं बलमा आउट भए। ६ रन बनाएका उनी मर्सान्ट डी लाङ्गेको बलमा जर्ज […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सदस्य सचिचको कार्यालय पूरा गरेका टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज एक कार्यक्रम बीच बिदाइ गरेको छ । घिसिङ २०७८ साल मंसिर १३ गते राखेपको सदस्य सचिव नियुक्त भएका थिए । साथै राखेपका बोर्ड सदस्य अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसरीलाई पनि बिदाइ […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुँदैछ। टस जितेर कर्णालीले पहिला ब्याटिङ गर्ने भएको छ। विराटनगरको यो पाँचौं खेल हो। उसले ४ खेलबाट ६ अंक बनाएको छ। विराटनगर पछिल्लो खेलमा चितवनसँग ४८ रनले हारेको थियो। लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले पहिलो हार चखाएको थियो। […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाज तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। काठमाडौंले आज चितवन राइनोजलाई ५३ रनले हरायो। चितवनको यो दोस्रो हार हो। खराब ब्याटिङ चितवनको हारको कारण बन्यो। जितको लागि १ सय ४३ रनको चुनौती पछाएको चितवन १७ ओभर २ बलमा अल आउट हुँदै ८९ […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १ सय ४३ रनको चुनौती दिएको छ। टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कप्तान कुशल मल्लले बलिङ रोजे। पहिले ब्याटिङ गरेको काठमाडौंले १९.४ ओभरमा अल आउट हुँदै १ सय ४२ रनमा समेटियो। खराब सुरुवात गरेको काठमाडौको लागि मिलिन्द कुमार र सिम्पसनले […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो सिजनमा आज पनि दुई खेल हुँदैछन्। काठमाडौं गोर्खाज र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेका छन्। करण केसीको कप्तानीमा रहेको काठमाडौंले पहिला ब्याटिङ गर्नेछ। काठमाडौंले यसअघि कै टोलीलाई निरन्तरता दिएको छ। चितवनले अमरसिंह राउटेलाको ठाउँमा रिजन ढकाललाई प्लेइङमा राखेको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत -नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ । टोलीको खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज […]
November 28, 2025
एजेन्सी – पोर्चुगलले दोहामा भएको फाइनलमा अष्ट्रियालाई १-० ले हराउँदै यु १७ विश्वकप फुटबलको इतिहासमा पहिलोपटक उपाधि जितेको छ। खेलको ३२औं मिनेटमा अनिसियो काब्रालले गरेको गोल नै निर्णायक बन्यो। उनी ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए। अष्ट्रियाले बराबरी गोलका लागि धेरै प्रयास गर्यो। खेलको अन्त्यतिर डानियल फ्राउस्चरको प्रहार पोस्टमा लागेर फर्किँदा टोली दुर्भाग्यशाली बने। […]