default_image

फिफा विश्वकप

November 26, 2022

एमबाप्पेको दुई गोलमा फ्रान्स विजयी

कतार (हाम्रो खेलकुद) – फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले दुई गोल गर्दा फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी को खेलमा फ्रान्सले डेनमार्कलाई २-१ ले पराजित गरेको छ । यससँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । खेल अवधिभर निकै आक्रामक रुपमा प्रस्तुत भएको साविक विजेता फ्रान्सले पहिलो हाफमा भने गोल गर्न सकेको […]

November 26, 2022

साउदीका प्रशिक्षक भन्छन् – ‘हामी मरेका छैनौं’

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी अरेबिया दोस्रो खेलमा पोल्यान्डसँग पराजित भयो । पोल्यान्डले एजुकेसन सिटी रंगशालामा साउदीलाई २-० ले पराजित गर्दै आफू अंक तालिकाको शीर्षस्थानमा उक्लियो । साउदीले दोस्रो खेल हारेपछि टोलीका प्रशिक्षक हर्भ रेनार्डले आफ्नो टोलीको सम्भावना अझै बाँकी रहेको बताए । […]

November 26, 2022

पोल्यान्डले साउदी अरेबियालाई हरायो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा पोल्यान्डले साउदी अरेबियालाई पराजित गरेको छ । एजुकेसन सिटी रंगशालामा शनिबार पोल्यान्डले दुवै हाफमा १-१ गोल गर्दै २-० को जित दर्ता गर्यो । पोल्यान्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले १-१ गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी चुकाउनु साउदीका लागि […]

November 26, 2022

साउदी पेनाल्टीमा चुक्दा पोल्यान्डको अग्रता कायम

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा पोल्यान्डले पहिलो हाफमा साउदी अरेबिया विरुद्ध १-० को अग्रता लिएको छ । निकै प्रतिस्पर्धात्क खेलमा साउदीले सुरुवाती समयमा बनाएको दबाबलाई बलियो आक्रमणमा बदल्न सकेन । यता पोल्यान्डले प्राप्त अवसर सदुपयोग गर्दै अग्रता लियो । पोलिस गोलरक्षक वजसिएक सेचेज्नीले पेनाल्टी सहित केहि उत्कृष्ट […]

November 26, 2022

ट्युनिसियामाथि अष्ट्रेलियाको जित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अष्ट्रेलियाले समूह डी को खेलमा ट्युनिसियालाई पराजित गरेको छ । शनिबार अल जनौब रंगशालामा अष्ट्रेलियाले १-० को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्ससँग अग्रता लिएर पनि‌ हार बेहोरेको अष्ट्रेलियाले ट्युनिसियाविरुद्ध भने सुरुवाती अग्रता जोगाउँदै जित हासिल गरेको हो । खेलको […]

November 26, 2022

जो आफ्नै देश अर्जेन्टिनालाई विश्वकपबाट निकाल्ने प्रयासमा छन्

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ मा उपाधिको दावेदार मानिएको अर्जेन्टिनाले पहिलो खेलमा हार बेहोर्दै खराब सुरुवात गर्यो । साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा मेक्सिकोसँग पराजित भएको अवस्थामा समूह चरणबाटै बाहिरिने डर छ । लिओनेल मेस्सीका लागि सारा अर्जेन्टिनी समर्थक मात्र नभएर अन्य देशबाट फुटबल प्रेमी अर्जेन्टिनी जितको अपेक्षामा रहँदा एक अर्जेन्टिनीको […]

November 26, 2022

अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा उपाधि दावेदारको रुपमा अर्जेन्टिनाले शनिबार राति दोस्रो खेलमा मेक्सिकोसँग खेल्दैछ । खेल राति १२ः४५ बजेपछि हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ को नमिठो हार बेहोरेको अर्जेन्टिनाले शनिबार राति मेक्सिकोको सामना गर्दा त्याे हारलाई बिर्सदै अघिल्लो चरण पुग्ने सम्भावना बलियो पार्न निश्चित जित आवश्यक हुनेछ । साउदी अरेबियासँगको […]

November 26, 2022

‘मेक्सिकोविरुद्ध खेल हाम्रो लागि फाइनल हो’ – लौटारो

कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणमा मेक्सिकोविरुद्ध शनिबार हुने दोस्रो खेल आफ्नो टोलीका लागि फाइनल सरह रहने बताएका छन् । खेलको पूर्वसन्ध्यामा बोल्दै लौटारोले मेक्सिकोविरुद्ध नतिजाले नै टोलीको भविष्य निर्धारण गर्ने बताए । ‘भोली हाम्रो लागि फाइनल सरह खेल छ । हामीले जित्नैपर्ने खेल छ । […]

November 26, 2022

डेनमार्कसँग सचेत फ्रान्स

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह चरणको दोस्रो खेलमा आज (शनिबार) विश्व विजेता फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहँदा डेनमार्क पहिलो जित निकाल्न चाहन्छ । डेनमार्कका प्रशिक्षक कास्पर हुजलमन्डले आफ्नो टिमले डिफेन्डिङ च्याम्पियन फ्रान्सको […]

November 26, 2022

पोल्यान्डलाई स्तब्ध पार्ने साउदी अरेबियाको लक्ष्य

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच खेल हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनालाई २–१ ले हराएर फिफा विश्वकप इतिहासको सबैभन्दा आश्चर्यचकित नतिजा निकालेको साउदी पोल्यान्डलाई पनि स्तब्ध पार्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन […]

Success

Thank you for your time.