default_image

फुटबल

August 13, 2019

‘नेयमारविना पिएसजी उस्तै हुँदैन’- एमबाप्पे

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ब्राजिलियन सुपर स्टार नेयमारविना उस्तै हुन नसक्ने टोलीका अर्का फरवार्ड केलियन एमबाप्पेले बताएका छन् । सान्तोसका पूर्व स्टार नेयमार यो सिजन रियल म्याड्रिड वा बार्सिलोना जान सक्ने सम्भावना रहेका बीचमा एमबाप्पेको यस्तो भनाई सार्वजनिक भएको हो । यद्दपी, लिग १ को पहिलो खेलमा नेयमारविना पिएसजीले विजयी सुरुवात गरेको छ […]

August 12, 2019

विश्वकप छनोट तयारीका लागि विमल नेपाल फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर विश्वकप छनोट अन्तर्गत कतार र चाइनिज ताइपेइसँग हुने खेलको तयारीका लागि नेपाल आउने भएका छन् । माल्दिभ्सको शीर्ष डिभिजन लिगमा टिसी स्पोर्ट्स क्लबबाट खेलिरहेका विमल सोमबार माल्दिभ्सबाट प्रस्थान गर्नेछन् । उनी मंगलबार नेपाल आइपुग्नेछन् । शनिबार भएको लिग खेलमा विमलले निलान्धुविरुद्ध गोल गरेपछि टिसी […]

August 12, 2019

नेयमारविरुद्ध समर्थकको नाराबाजी

एजेन्सी – फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना स्टार फरवार्ड नेयमारविनै आइतबार राति लिग वानको पहिलो खेलमा निम्सविरुद्ध जित निकाल्दै उपाधि रक्षा अभियान शुरु गरेको छ । यस्तोमा पीएसजीका समर्थकले पनि निम्सविरुद्ध ३–० को जित निकालेको खेलमा ‘नेयमार आउट’ भन्ने नारा घन्काउँदै स्टेडियमभर ब्यानरहरु प्रदर्शन गरेका थिए । घरेलु मैदानमा निम्सविरुद्धको खेलमा […]

August 12, 2019

बार्सिलोनालाई चोटको अर्को समस्या

एजेन्सी – कप्तान लिओनेल मेस्सीलाई चोटका कारण गुमाएको क्याटलान क्लब बार्सिलोनालाई अर्को समस्या आइपरेको छ । यसै सिजन क्लब भित्रिएका गोलरक्षक नेटो प्रशिक्षणका क्रममा घाइते भएका छन् । भ्यालेन्सियाबाट ३० मिलियन युरोमा आएका गोलरक्षक नेटोको प्रशिक्षणका क्रममा नाडी भाँचिएपछि बार्सिलोनालाई समस्या परेको हो । उनको चोटबारे विस्तृत विवरण आउने बाँकी रहेको छ । यद्यपि उनले […]

August 12, 2019

रियलको अर्काे हार

एजेन्सी – प्रि–सिजनको अन्तर्राष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले अर्काे हार बेहोरेको छ । रियल घरेलु तथा इटालियन क्लब रोमासँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा घरेलु टोलीले बाजी मार्न सफल भयो । खेलको १६औं मिनेटमा कप्तान […]

August 12, 2019

नेयमारविनै पीएसजीको सानदार जित

एजेन्सी – स्टार ब्राजिली फरवार्ड नेयमारविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । साविकको विजेतासमेत रहेको पीएसजीले फ्रेन्च लिग वानको पहिलो खेलमा निम्सलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीलाई जिताउन एडिन्सन काभनी, केलियन एमबाप्पे र एन्जल डि मारियाले गोल गरे । खेलको […]

August 12, 2019

चेल्सीमाथि युनाइटेडको सानदार जित

एजेन्सी – प्रिमियर लिगको प्रशिक्षकका रुपमा फ्रान्क लाम्पार्डको सुरुवात सुखद हुन सकेन । प्रिमियर लिगमा आइतबार लाम्पार्डको चेल्सी म्यानचेस्टर युनाटेडसँग लज्जास्पदक रुपमा पराजित भएको छ । गत सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकेको युनाइटेडले यसपटक सानदार सुरुवात गर्ने क्रममा चेल्सीलाई ४–० ले हरायो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्डले २, एन्थोनी मार्सियल र डानियल […]

August 11, 2019

क्विक्स कप – सैनिक र प्याराडाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय माध्यमिक विद्यालय र प्याराडाइज रिडर्सले राजधानीमा आइतबारबाट सुरु भएको क्विक्स कप अन्तर स्कुल महिला फुटब प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा परिसरको खेल मैदानमा भएको दिनको पहिलो खेलमा सैनिकले गणेश माध्यमिक विद्यालयलाई ४–२ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । अर्को खेलमा प्याराडाइजले नेपाल राष्ट्रिय स्कुलमाथि […]

August 11, 2019

प्रिमियर लिगमा आर्सनलको जित

एजेन्सी – पिएर एमेरिक औबामेयाङले दोस्रो हाफमा गरेको गोलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई आइतबार १–० ले हराएको छ । आर्सनलले पहिलो हाफमै अग्रता लिने मौका पाएको थियो । तर हेनरिख मखातेरियनको प्रयास सफल हुन सकेन । तर ५८ औं मिनेटमा उबामेयाङले गोल गर्दै आर्सनललाई जित दिलाए । दोस्रो हाफमा प्रशिक्षक उनाइ एमेरीले डानी सेबालोस, निकोलस पेपे […]

August 11, 2019

‘जिदान मेरो बाल्यकालदेखिकै नायक’- हाजार्ड

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्डले प्रशिक्षक जिनेदिन जिदान आफ्नो बालपनका नायक भएको बताएका छन् । चेल्सीमा माउरिजियो सारी र एन्टोनियो कोन्टीसँग धेरै सिक्ने मौका मिलेको उल्लेख गर्दै हाजार्डले जिदान भने आफ्नो बाल्यकालको नायक रहेको बताएका छन् । हाजार्ड जुनमा चेल्सीबाट स्पेनिस सफल टोली रियलमा आबद्ध भएका थिए । १ सय ३० मिलियन पाउन्डमा […]

Success

Thank you for your time.