default_image

फुटबल

December 22, 2024

जेसस चम्कँदा आर्सनलको सानदार जित

एजेन्सी– चोटमुक्त भएर खेलमा फर्कने प्रयास गरिरहेका ब्राजिली फरवार्ड गाब्रियल जेससको उच्च प्रदर्शन प्रेरित खेलमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५–१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ ।आर्सनलको जितमा जेससले दुई तथाम काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले […]

December 22, 2024

बार्सिलोनामाथि एट्लेटिकोको पूनरागमन जित

एजेन्सी – उच्च लयमा रहेकाे एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनामाथि उसकै मैदानमा पूनरागमन जित निकालेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर एट्लेटिकोले बार्सिलोनामाथि २–१ को पूनरागमन जित दर्ता गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । एट्लेटिकोको जितमा रोड्रिगो डि पउल र एलेक्सन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका पेड्रीको गोल सान्त्वना […]

December 21, 2024

आयोजक फिदिमको विजयी सुरुवात

दिपक बोहोरा, पाँचथरआयोजक फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । फिदिम माविको मैदानमा शनिवार भारतको खर्साङ फुटबल क्लब भारत लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फिदिम क्वाटरफाइनलमा पुगेको छ। निर्धारित समय गोलरहित सकिएपछि टाइब्रेकरमा आयोजक टोलीले बाजी‌ मार्यो । टाइब्रेकरमा फिदिमका आशिष चापागाई,विशाल दर्जी,शुकराज राई र […]

December 21, 2024

एनआरटी झापा कपको फाइनलमा

हिमाल खरेल,बिर्तामोडन्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले शनिवार इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो […]

December 21, 2024

फाल्गुनन्द गोल्डकप – उद्घाटनमा आयोजक र खर्साङ खेल्दै

दिपक बोहोरा, पाँचथरफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ११ औं संस्करण आज सुरु हुँदैछ । ६ वर्ष पछि हुन लागेको फाल्गुनन्द गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र भारतको खर्साङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल फिदिम माविकाे मैदानमा दिउँसाे १ बजेबाट सुरु हुने छ । १० टोलीले सभागिता रहेको प्रतियोगितामा आइतवार मच्छिन्द्र एफसी […]

December 20, 2024

चर्च ब्वाइज झापा कपको फाइनलमा

हिमाल खरेल,बिर्तामोड सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी […]

December 20, 2024

नेपाल यू१६ माथि भुटानको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – भुटानको महिला यू१६ टोलीले मैत्रीपूर्ण खेलमा नेपालको यू१६ टोलीलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल ५-१ ले पराजित भएको हो । भुटानले खेलको पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा भुटानी टोलीले २ गोल थप्दा नेपालले अन्तिम समयतिर सान्त्वना गोल फर्कायो । सोनाम छोगेलले […]

December 20, 2024

युनाइटेडलाई हराउँदै टोटनहम सेमिफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहम ह्ट्सपर इंग्लिस फुटबल लिग कप (कारबाओ) को सेमिफाइनलमा प्रवेश गरेको छ । टोटनहमले बिहीवार घरेलु मैदानमा भएको खेलमा युनाइटेडमाथि ४-३ काे जित निकालेकाे हाे । घरेलु टाेलीका लागि डोमोनिक सोलान्केले २ तथा डेजान कुलुसेभस्की र कप्तान सन ह्युन मिनले समान एक गोल गरे । युनाइटेडका लागि जोसुवा जिर्कजी, अमान्ड […]

December 19, 2024

अन्जनको ह्याट्रिकसँगै एनआरटी झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

Success

Thank you for your time.