default_image

फुटबल

December 23, 2024

चर्च ब्वाइजलाई झापा कपको उपाधि

हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलेझापा कपको पहिलो संस्करणको उपाधि जितेको छ ।चर्च ब्वाइजले सोमवार फाइनलमा एनआरटीलाई फाइनलमा ३-१ ले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३-० ले पराजित गरेको थियो ।गत वर्ष […]

December 23, 2024

आर्मीलाई हराउँदै आयोजक सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ । फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले […]

December 23, 2024

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]

December 23, 2024

एट्लेटिको माथि दबाब बढाउँदै रियल

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार सेभिल्लालाई ४-२ ले हराउँदै शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब बढाएको छ। केलियन एम्बाप्पे, फेडरिको भालभार्डे र रोड्रिगोले गोल गरेपछि रियलले ३४ मिनेटमा ३-० को अग्रता बनायो।एमबाप्पेले १० औं मिनेटमा गोल गरे। ला लिगामा उनको त्यो १० औं गोल हो। भालभार्डेले २० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर […]

December 23, 2024

लिभरपुलसँग टोटनहमको हार

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको‌ छ। लिभरपुलले आइतवार टोटेनहमलाई ६–३ गोलले हराएको हो । टोटेनहमको मैदानमा लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २ ,म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे। टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे । […]

December 22, 2024

१० दिनमा दोस्रो पटक फाइनल खेल्दै चर्च ब्वाइज र एनआरटी

हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

December 22, 2024

म्यानचेस्टर सिटीको खराब प्रदर्शन जारी

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २-१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र […]

December 22, 2024

बार्सिलोना एट्लेटिकोसँग पराजित

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राती भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए […]

Success

Thank you for your time.