default_image

फुटबल

Iraq

September 22, 2017

एएफसी यू-१६ छनोट : इराकको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको खेलमा समूह ‘डी’ मा इराकले सहज जित हासिल गरको छ । प्यालेस्टाइनलाई ४-० ले हराउँदै इराकले दोस्रो जित हासिल गरेको हो । हलचोक स्थित सशस्त्र प्रहरी बलको मुख्यालय मैदानमा इराक खेलको सुरुआत देखि हावी रह्यो । पहिलो खेलमा नेपाललाई १-० ले हराएको इराकले मलेसियामा हुने फाइनल […]

Nepal

September 22, 2017

साफ यू-१८ : भुटानसँगको हार पछि नेपाल माल्दिभ्सको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)–उपाधि रक्षाको योजना सहित भूटान यात्रामा निस्केको नेपालले पहिलो खेलमै माथ खायो र अनेपेक्षित हार बेहोरेको थियो । साफ यू १८ फुटबल च्याम्पियनसिप बुधबार पहिलो खेलमा नेपाल आयोजक भुटानसँग १–० ले पराजित भएको थियो । भुटानले प्रतियोगितामा लगातार दुई खेल जित्दै बलियो दाबेदारी प्रस्तुत गर्दा नेपाल भने पहिलो जितको खोजीमा हुनेछ । आज […]

September 22, 2017

नेपालका लागि भारतसँगको खेल ‘गर या मर’

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ छनोटमा सुखद सुरुआत गर्न बाट चुकेको नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नु बाहेकको विकल्प हुने छैन । बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ । यस्तोमा परिस्थितिकाबीच नेपालले चिरपरिचित प्रतिद्वन्द्वि भारतको सामना गर्दैछ ।  यद्दपी, भारतसँगको पछिल्लो भेट पनि नेपालका लागि सुखद […]

Costa

September 21, 2017

कोस्टा एट्लेटिको म्याड्रिड जाने

म्याड्रिड (एजेन्सी) – पूर्व एट्लेटिको म्याड्रिडका फरवार्ड डिएगो कोस्टा पुन: एट्लेटिको फर्किने भएका छन् । हाल चेल्सीमा आबद्ध कोस्टा क्लबसँग झगडा परेका कारण आफ्नो घर ब्राजिलमै समय बिताइरहेका छन् । कोस्टाले यस अघि चेल्सीले एट्लेटिको म्याड्रिडसँग चाहिने भन्दा बढि रकम मागेर आफूलाई एट्लेटिको म्याड्रिड जान रोकेको आरोप लगाएका थिए । तर अन्तमा दुई क्लब बीच […]

Neymar

September 21, 2017

काभानी बेच्न पिएसजीलाई नेयमारको सुझाव

स्पेन (एजेन्सी) – यसै सिजन विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका ब्राजिलियन स्ट्राइकर नेयमारले क्लबका प्रशिक्षक नासेर अल खेलाइफीलाई काभानी बेच्नुपर्ने माग गरेका छन् । स्पेनिस प्रकाशन ‘सपोर्ट ‘  का अनुसार नेयमारले प्रशिक्षक नासेर समक्ष काभानीलाई पिएसजीबाट बेच्नुपर्ने माग गरेका छन् । लिग १ को खेलमा पेनाल्टी लिने क्रममा नेयमार र काभानीबीच विवाद सिर्जना भएको थियो । विवाद कै […]

Dudhe

September 21, 2017

हिमालयन शेर्पा टुबोर्ग दुधे कपको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालयन शेर्पा टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय लिग खेलिसकेको मोफसलको बलियो टोली झापा ११ लाई आज पेनाल्टीमा ३–२ ले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा अग्रता लिएर पनि त्यसलाई […]

September 21, 2017

पूर्व कप्तान रुपकराज स्मृतिमा साइक्लिङ हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान तथा फिफा रेफ्री स्वर्गिय रुपकराज शर्माको स्मृतिमा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ । आयोजक रुपक मेमोरियल फाउन्डेसनले पाकिस्तानी एयरलाइन्स दुर्घटना भएको २५ औं वार्षिकोत्सवको अवसर पारेर विमान दुर्घटनामा निधन भएकाहरुलाई श्रद्वान्जली दिने उद्देश्यले साइक्लिङ प्रतियोगिता गर्न लागेको बताइएको छ । २४ किलोमिटरको साइक्लिङ सातदोबाटोस्थित रुपकराज […]

September 21, 2017

भैसेपाटीलाई अमर सिंह कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– भैसेपाटी ट्याक्सी समाजले छैटौैं अमर सिंह कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पार्टेस फुटबल क्लबलाई ३–१ ले हराउँदै भैसेपाटीले उपाधि जितेको हो । सोमतिर्थ खेल मैदानमा आज भएको फाइनलमा भैसपाटीलाई जित दिलाउन विशाल राईले २ तथा उत्तम भण्डारीले १ गोल गरे । पार्टेसका लागि एकमात्र गोल सविन केसीले […]

September 21, 2017

सैनिक युथ झापा एकेडेमी फुटबलको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद)– सैनिक युथ क्लब झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक खेलमा बेलबारी फुटबल क्लबलाई ५–४ ले हराउँदै सैनिक युथले अन्तिम चारको यात्रा तय गरेको हो । सैनिकका लागि विकेश लिम्बु २ तथा हाङसु लिम्बु, बालकृष्ण राई र राज कन्दङ्वाले समान १ गोल गरे । जेबि रबर एमएफसी […]

September 21, 2017

चर्च ब्वाइज सेमिफाइनलमा, आज झापा र हिमालयन शेर्पा भिड्ने

जनम बराल झापा – चर्च ब्वाइज युनाइटेड झापामा बुधबार सुरु भएको टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । घरेलु टोली दुधे युनाइटेडलाई ३–० ले हराउँदै चर्च ब्वाइले अघिल्लो चरणको यात्रा तय गरेको हो । चर्च ब्वाइजलाई जित दिलाउन अरुण श्रेष्ठ र भुवन बस्नेतले गोल गरे । अर्को गोल आयोजकका खेलाडीको आत्माघाती […]

Success

Thank you for your time.