default_image

फुटबल

December 26, 2016

प्रिमियर लिगमा चेल्सीको जित निरन्तर

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शीर्षस्थानको चेल्सीले विजयी यात्रालाई जारी राख्ने क्रममा बोर्नमाउथलाई ३–० ले हराएको छ । चेल्सीको जितमा पेद्रोले दुई गोल गरे । बक्सिङ डेको दिन भएको खेलमा पेद्रोको गोलबाट चेल्सीले २४ औैं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा इडेन हाजार्डले पेनाल्टीमा अर्को गोल थपेका थिए । पेद्रोले अर्को गोल अन्तिम मिनेटमा गरेका […]

December 26, 2016

अनिल र विमलको टोली बाहिरियो, पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

धरान (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ र युवा स्ट्राइकर बिमल घर्तीमगर सम्मिलित पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदको फुटबलबाट बाहिरिउको छ । सोमबार पूर्वाञ्चलसँग ३–१ ले पराजित भएसँगै पश्चिमाञ्चल प्रतियोगितबाट बाहिरिएको हो । पश्चिमाञ्चलले तीन मध्ये १ खेलमात्र जित्न सक्यो । अर्को समूहबाट नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सेमिफाइनल पुगेका छन् । धरानको एन्फा […]

December 26, 2016

सेन्ट जेभियर्स जावलाखेललाई फादर स्टार स्मृति छात्रा फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– सेन्ट जेभियर्स स्कुल, जावलाखेलले फादर एलेन स्टार स्मृति छात्रा आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा सेन्ट जेभियर्सले गोदावरीको क्रेसेन्ट एकेडेमी इङलिस स्कुललाई १–० ले हराएको थियो । जेभियर्सका लागि दिलाशा पराजुलीले गोल गरेकी थिइन् । फादर एलेन स्टारको स्मृतिमा सेन्ट जेभियर्स गोदावरीले सन् २०११ देखि प्राथमिक तहका छात्राका […]

December 26, 2016

महिला साफ च्याम्पिनयसिप फुटबलमा नेपाल र भुटानको खेल [फोटो फिचर]

सिलिगुढी (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भुटानलाई ८–० ले हराउँदै नेपालले दमदार सुरुआत गरेको छ । साबित्रा भण्डारीको दोहोरो ह्याट्रिकबाट प्रेरित नेपालका लागि शर्मिला थापा र कृष्णा खत्रीले समान १ गोल गरे । नेपाल हावी भएको खेलका केही तस्बिरहरु । तस्बिर सौजन्य – रमेश समदर्शी, नेपाल खेलकुद पत्रकार मञ्च, झापा समन्वय शाखा    

sabitra

December 26, 2016

साफ च्याम्पियनसिपमा नेपालको दमदार सुरुआत, भुटानविरुद्ध साबित्राको दोहोरो ह्याट्रिक

दिपेश तिमल्सिना सिलिगुढी (भारत)– नेपालले अघिल्ला संस्करणमा जस्तै चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा पनि दमदार सुरुआत गरेको छ । कञ्चनजंगा रंगशालामा सोमबार भएको खेलमा साबित्रा भण्डारीको दोहोरो ह्याट्रिकसँगै नेपालले भुटानलाई ८–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । भुटानविरुद्ध नेपालले अहिले सम्मका सबै सात अन्तर्राष्ट्रिय खेल जितेको छ । साफ च्याम्पियनसिपमा हरेक पटक […]

nepal

December 26, 2016

नेपाल बिरुद्ध भुटान – प्रत्यक्ष अपडेट

दिपेश तिमलसिना सिलिगुडी – (हाम्रो खेलकुद) – चौथो महिला फुटबल साफ च्याम्पियन्शिपमा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै छ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नु हुनेछ । कृपया अपडेट पाउन पेज रिफ्रेस गर्नुहोला । अपडेट  नेपाल ८ -० भुटान खेल सकिएको छ । नेपालले पहिलो खेलमा दमदार सुरुवात गर्दै भुटान बिरुद्ध ८-० को जित हासिल गरेको […]

December 26, 2016

भुटानको सामना गर्ने नेपाली सुरुवाती ११ घोषणा

सिलिगुडी – (हाम्रो खेलकुद) – चौथो महिला साफ च्याम्पियनशिपको पहिलो खेलमा भुटानको सामना गर्ने सुरुवाती ११ खेलाडी सार्वजनिक भएको छ । रेनुका नगरकोटिको कप्तानिमा नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग भिड्ने छ । एन्जिला सुब्बा (गोल किपर): मनमाया लिम्बु, पुनम मगर , गिता राणा , हिरा कुमारी भुजेल : रेनुका  (कप्तान), दिपा राइ  : अनिता बस्नेत , […]

liverpool

December 26, 2016

‘लिभरपुलको लक्ष्य प्रीमियर लिग उपाधि’

लिभरपुल – (एजेन्सि)  – लिभरपुलका प्रशिक्षक यर्गन क्लप  लिभरपुल यो सिजन प्रीमियर लिगको उपाधि जित्न योग्य रहेको बताउछन । १९८९/९० देखिको सिजन पछी उपाधिबाट बञ्चित रहेको लिभरपुल यो सिजन अंक तालिकको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको चेल्सी भन्दा ६ अंक तल रहेको लिभरपुल यो सिजन उपाधिका उचाल्ने लक्ष्य लिएर अघी बढी रहेको कुरा […]

anfa

December 26, 2016

साफ च्याम्पिनसिपमा नेपालले भुटानको सामना गर्दै

दिपेश तिमल्सिना सिलिगुडी (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा इतिहास रच्ने लक्ष्य बोकेर भारतको सिलिगुडी पुगेको नेपाली टोलीले सोमबार भुटानसँग खेल्दै यात्रा प्रारम्भ गर्दैछ । श्रीलंका र भुटान पनि रहेको समूह एबाट नेपालको पहिलो प्रयास समूह विजेताका रुपमा अघि बढ्नु हुनेछ । अर्को समूहमा भोली भारत र अफगानिस्तान खेल्दैछन् । केहि दिन अघि मलेसियालाई मैत्रीपूर्ण […]

December 25, 2016

रुस्लान थ्री स्टारले खेल्न नपाउनुमा दोषी को ? समितिले आज प्रतिवेदन बुझाउँने

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले एएफसी कप २०१७ को प्ले अफ खेल्न नपाउनुको सत्य तथ्य छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको समितिले सोमबार प्रतिवेदन बुझाउँदैछ । सचिवालयको कमजोरी भएको स्वीकार गरिसकेको एन्फाले आफुमाथिको आलोचनालाई मथ्थर पार्ने प्रयास स्वरुप मंसिर २४ गते १५ दिनको समय सिमा तोक्दै उपाध्यक्ष वीरबहादुर […]

Success

Thank you for your time.