default_image

फुटबल

Bimal

August 4, 2016

बिमल आज ब्रान्ड एम्बेसडर बन्दै

नेपाल राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगरलाई एक स्पोर्ट्स वेर कम्पनीले आज ब्रान्ड एम्बेसडर बनाउदै छ  । होङ्कोङको एक्स टेप स्पोर्ट्स वेरले नेपालमा आफ्नो प्रवेशको साथ बिमललाई आफ्नो ब्रान्ड एम्बेसडरको रुपमा प्रस्तुत गर्दै छ । बहिनी मनिषाको निधन पछी करिब २ महिना पछी फुटबलमा फर्किएका बिमललाई एक्स टेपले आज दरबार मार्गमा एक समारोहको बिच आफ्नो ब्रान्ड एम्बेसडर प्रस्तुत […]

Messi

August 4, 2016

बार्सिलोना विजयी – लेस्टरको नयाँ साइनिङ मुसाले गरे दुइ गोल

अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गतको खेलमा बार्सिलोनाले लेस्टर सिटी बिरुद्ध ४-२ को जित दर्ता गरेको छ  । बार्सिलोनाको जितमा एकेडमिका उत्पादन २० बर्षिय मुनिर एल हद्दादीले २ गोल गरे भने लुइस स्वारेजले १ गोल गरे । त्यस्तै १७ बर्षिय राफा मुजिकाले पनि बार्सिलोना को जित मा १ गोलको योगदान दिए  । बार्सिलोनाको लागी लुइस स्वारेज , मेस्सी , बुस्केट […]

Three Star Club Bijaya Rally League Champion (1)

August 3, 2016

थ्री स्टार र एपिएफ बिच मैत्रीपुर्ण फुटबल

ए.एफ.सी. कपको तयारीको लागि रुस्लान थ्री स्टार क्लब र नेपाल ए.पी.एफ क्लब आगामी साउन २१ गते दिनको ४:०० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण खेल खेल्दैछन । खेलको लागि टिकट दर रु.५०० र रु.२०० तोकिएको छ। टिकट खेल हुने दिन दिनको १ बजेबाट खेलस्थलमै खरिद गर्न सकिनेछ । नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने रुस्लान थ्री […]

August 3, 2016

ए.एफ.सी कपको तयारीमा जुट्दै थ्री स्टार

रुस्लान थ्री स्टार क्लब २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै यहि अगष्ट २१ गतेबाट मंगोलियामा सुरु हुन गइरहेको ए.एफ.सी कपको प्लेअफ छनोटमा सहभागी हुन लागेको छ। यसै क्रममा टोलीले विगत तिन सातायता नियमित प्रशिक्षण गरिरहेको छ। टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसीलाइ नियुक्त गरिएको छ भने प्रशिक्षकमा रबिन्द्र शिलाकार रहनेछन्। नेपालको प्रतिनिधित्व […]

August 3, 2016

ओलम्पिक महिला फूटबल आजबाट सुरु

हाम्रोखेलकुद (काठमाडौं)- रियो ओलम्पिक २०१६को महिला  फूटबल अन्तर्गतको खेलहरु आजबाट सुरु हुँदैछ । आज हुने पहिलो खेलमा स्विडेनले साउथ अफ्रीकाको सामना गर्दैछ । नेपाली समय अनुसार खेल राती ९:४५मा सुरु हुनेछ । आयोजक राष्ट्र ब्राजिलले चीनसँग खेलेर प्रतियोगिता सुरु गर्दैछ, ब्राजिलको खेल नेपाली समय अनुसार भोली बिहान १२:४५मा सुरु हुनेछ ।  आज हुने खेल तलिका यस प्रकार […]

August 2, 2016

एन्फा कार्यसमिति बैठक साउन अन्तिममा

काठमाडौं (हाम्रो खेलकुद)– तीन पदाधिकारीसहित चार जनाको पूर्नबहालीपछि पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) ले साउनको ३२ गते कार्यसमिति बैठक डाकेको छ । तीन उपाध्यक्ष र एक सदस्यलाई जेठ १९ गते पुर्नबहाली गरेयता एन्फाको बैठक बसेको थिएन । विश्व फुटबल महासंघ (फिफा) को निर्देशन पुर्नबहाली गरिएका तीन उपाध्यक्ष किशोर राई, कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर […]

August 2, 2016

बिमलले भोलीबाट राष्ट्रिय टोलीबाट प्रशिक्षण सुरु गर्ने

काठमाडौं (हाम्रो खेलकुद) –एएफसि कपको तयारीमा रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी प्रशिक्षण गर्दै गरेका बिमल बुधवारबाट राष्ट्रिय टोलीबाट बाट पुन: प्रशिक्षण सुरु गर्ने छन् । आफ्नो औपचारिक फेसबुकमा बिमलले भोलीबाट प्रशिक्षण सुरु गर्ने कुरा खुलाएका हुन् । “भन्छन् समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुरहरुको साथले मैदानमा फर्केको छु ।भोलिबाट देशकोलागि […]

August 2, 2016

बिमल मैदानमा फर्किए

आफ्नो बहिनी मनिशाको निधन पछी फुटबलको गतिबिधी देखी टाढिएका बिमल आइतबार देखी पहिलो पल्ट मैदानमा फर्किएका छन । हाल एएफसि कपकोलागी तयारी गरी रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी बिमल प्रशिक्षण गर्दै छन । उनि एएफसि कपमा थ्री स्टार सङ मङोलियामा सहभागी हुने या नहुने कुरा भने खुलेको छैन । बहिनीको निधन पछी बेल्जियम देखी नेपाल फर्किएका बिमल […]

August 2, 2016

पोग्बा भित्र्याउने लडाईंमा म्याड्रिड र म्यानचेष्टर युनाइटेड

फ्रान्स र युभेन्टसका मिडफिल्डर पल पोग्बालाइ भित्र्याउन रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेडको चर्काचर्की परिरहेको छ। विगत केहि हप्ता देखि पोग्बा म्यानचेष्टर आउने भन्ने हल्ला बेलायती पत्र पत्रिकाले छापिरहेको अवस्थामा पोग्बाका एजेन्ट मिनो रायोलाले सो कुरा सहि नभएको बताएका थिए। त्यसो त रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पनि ट्रान्सफर विन्डोको अन्तिम दिनसम्म पनि केहि टुंगो लाग्न […]

August 1, 2016

नेपाल कप फुटबल चितवनमा

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालको संयुक्त आयोजनामा चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता साउन २४ गतेदेखि चितवनको क्याम्पाचौरमा हुने भएको छ । प्रतियोगिता बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी गराए । प्रतियोगितामा तीन […]

Success

Thank you for your time.