default_image

फुटबल

March 7, 2022

सातदोबाटो झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, झापा विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब झापा गोल्ड कपको पाँचौं संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफलाई २–१ ले पराजित गर्दै सातदोबाटोले अन्तिम चारमा स्थान बनाएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२ औं मिनेटमा सुशील राईले गोल […]

March 7, 2022

महिला लिग : अर्थोप्लास्ट र ललितपुरबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगका लागि ललितपुर महानगरपालिका महिला फुटबल टिम र अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरबीच सम्झौता भएको छ । ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा उपविजेता बन्दै राष्ट्रिय लिगका लागि छनोट भएको थियो । लिग अवधि र त्यसअघि तयारीका क्रममा अर्थोप्लास्टले ललितपुरको टोलीलाई फिजियो सेवा प्रदान गर्नेछ । सोमबार सम्झौता पत्रमा ललितपुर […]

March 7, 2022

फेलिक्स चम्कदा एट्लेटिको म्याड्रिडको सहज जित

एजेन्सी – पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स चम्कदा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । एट्लेटिकोले रियल बेटिसलाई ३–१ ले पराजित गरेको हो । एट्लेटिकोको जितमा जोआओ फेलिक्सले दुई तथा थोमस लेमारले एक गोल गरे । घरेलु टोली रियल बेटिसका क्रिस्टियन टेलोले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा जोआओ फेलिक्सको गोलबाट […]

March 7, 2022

नेपोलीलाई हराउँदै मिलान शीर्षस्थानमा, युभेन्ट्सलाई पनि सफलता

एजेन्सी – शीर्ष दौडमा रहेको नेपोलीलाई हराउँदै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । मिलानले नेपोलीलाई उसकै मैदानमा १–० ले हराएको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा आइतबार राति भएको खेलमा मिलानको जितमा दोस्रो हाफमा फ्रान्सेली फरवार्ड ओलिभर जिरुउडले गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा डोभिड […]

March 7, 2022

बार्सिलोनाको पूनरागमन जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर बार्सिलोनाले इल्चेमाथि २–१ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको पूनरागमन जितमा सब्सिच्युट फरवार्डद्धय फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरे । घरेलु टोली इल्चेका फिडेल चाभेसको गोल सान्त्वना बन्यो । भालेरको इल्चेको आइतबार राति भएको […]

March 7, 2022

म्यानचेस्टर डर्वीमा सिटीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । सिटीले घरेलु मैदानमा ४–१ को सानदार जित निकालेको हो । सिटीको सानदार जितमा कप्तान केभिन डि ब्रुएन र रियाद महारेजले समान दुई गरे । युनाइटेडका जेडान सान्चोले एक गोल फर्काए । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा […]

March 6, 2022

वाट्फोर्डको मैदानमा आर्सनलको जित

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । आर्सनलले घरेलु टोली वाट्फोर्डलाई ३–२ ले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्ड, बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गरे । घरेलु टोलीका जुआन हर्नान्डेज र मोउसा सिसाकोले गोल फर्काए । भिकारेज रोड वाट्फोर्डमा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डको […]

March 6, 2022

फ्रेन्ड्स खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० ले हराउँदै फ्रेन्ड्स सर्वाधिक पुरस्कार राशी रहेको खप्तड गोल्डकपको अन्तिम चारमा पुगेको हो । फ्रेन्ड्सलाई जित दिलाउन दुवै गोल जमोउल एन्थोनी फ्रान्कोईसले गरे । उनले खेलको ५३ […]

March 6, 2022

एपिएफ र आर्मीबीच उद्घाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लब र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघले आइतबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमै एपिएफ र आर्मी भिड्ने तय भएको हो । राष्ट्रिय महिला लिग १० चैतबाट सुरु हुँदैछ । यसपटक […]

March 6, 2022

पुलिसलाई हराउँदै संकटा झापा गोल्डकपको क्वार्टरफाइनलमा

हिमाल खरेल, बिर्तामोड संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई आइतबार १–० ले पराजित गर्दै संकटाले अन्तिम आठको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा […]

Success

Thank you for your time.