default_image

फुटबल

March 8, 2022

ब्वाइज युनियनमाथि झम्सिखेलको जित

काठमाडौं (हाम्रो खेलकुद) – झम्सिखेल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित दर्ता गर्ने क्रममा ब्वाइज युनियन क्लबमाथि सहज जित निकालेको छ । झम्सिखेलले ब्वाइज युनियनलाई ३–१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा झम्सिखेलको जितमा आकाश बहादुर राना, मनकुमार राई र अविरल रिजालले गोल गरे । ब्वाइज […]

March 8, 2022

संकटा झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, झापा ए डिभिजन टोली संकटा क्लब काठमाडौं नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार अर्को ए डिभिजन टोली थ्री स्टार क्लबलाई २–० ले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो । संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । […]

March 8, 2022

लिग च्याम्पियन मछिन्द्र बागमतीसँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै बागमती युवा क्लब सर्लाही पाँचौ सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा मछिन्द्र फुटबल क्लबलाई ४-२ ले पराजित गर्दै बागमती अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । […]

March 8, 2022

मछिन्द्रका मनीष २३ दिनपछि मैदानमा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा मछिन्द्र फुटबल क्लबका फरवार्ड मनीष डाँगी २३ दिनपछि मैदान फर्केका छन् । सहिद स्मारक ए डिभिजन लिगका दौरान माघ २९ गते गम्भिर घाइते भएका मनीष तीन सातापछि खेलमा उत्रेका हुन् । धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लब विरुद्ध मंगलबारको क्वार्टरफाइनलमा मनीष […]

March 8, 2022

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले थाइल्यान्ड र एक स्थानिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । नेपालले चैत १० गते थाइल्यान्डको पुरुष राष्ट्रिय टोलीसँग तथा चैत १३ गते थाइल्यान्डको चोनबुरी एफसीसँग खेल्ने […]

March 8, 2022

बिल्वाओसँगको हारले लेभान्टेलाई रेलिगेसन दवाव

एजेन्सी – स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओले रेलिगेसन जोनमा रहेको लेभान्टेलाई पराजित गरेको छ । बिल्वाओले लेभान्टेमाथि ३–१ को सहज जित निकालेको हो । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेभान्टेको जितमा मिकेल भेस्गा, इनाकी विलियम्स र ओइर जाररागाले गोल गरे । लेभान्टेका जर्ग डि फ्रुटोसले एक गोल फर्काए । सबै चार गोल दोस्रो हाफमा […]

March 8, 2022

केन चम्कदा टोटेनहमको सानदार जित

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले दुई गोल तथा डिजान कुलुसेभ्स्की र माट डोहर्टीले समान दुई असिस्ट दिएपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । टोटेनहमले एभर्टनमाथि ५–० को फराकिलो जित निकोलेको हो । टोटेनहम हटस्पर स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा केनले दुई गोल गर्दा ह्युङ मिन सन […]

March 7, 2022

धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने भएको छ । धनगढी एफसीले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडीलाई आवद्ध गराउने उदेश्यसहित क्लबले २५ फागुनमा ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेको छ । ट्यालेन्ट हन्ट धनगढी बोराडाँडीस्थित फाप्ला मैदानमा हुनेछ । सहभागिताका लागि […]

March 7, 2022

हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद)-सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पा सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे । यस्तै […]

March 7, 2022

मछिन्द्रका कप्तान सुजललाई पुत्रीलाभ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठलाई पुत्रीलाभ भएको छ । मछिन्द्र फुटबल क्लबका कप्तान समेत रहेका सुजलकी श्रीमती सलिका चन्दले मेडिसिटी अस्पतालमा दिउँसो २ः४६ बजे छोरीलाई जन्म दिएको सुजलले जानकारी दिए । आमा र छोरीको स्वास्थ्य समान्य रहेको बताइएको छ । धनकुटाका सुजल र सुर्खेतकी सलिकाको ७ वर्षअघि विवाह भएको थियो । […]

Success

Thank you for your time.