default_image

फुटबल

November 2, 2021

झापालाई भेट्रान्स कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – झापा भेट्रान्सले फुटबलर्स मिसन टुगेदरको आयोजनामा भएको मेयर कप भेट्रान्स कपको उपाधि जितेको छ । फाइनलमा खुमलटार भेट्रान्सलाई २-१ ले पराजित गर्दै झापाले उपाधि जितेको हो । पहिलो हाफमा १-० ले पछि परेपनि झापाले दोस्रो हाफमा दुई गोल गर्दै जित हासिल गरेको हो । कप्तान नरेन्द्र लामाको गोलमा खुमलटारले अग्रता लिएको […]

November 2, 2021

‘समर्थकको मायाले फर्किएँ’ – अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद)– अब्दुला अलमुताइरी औपचारिक रुपमा नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किएका छन् । गत महिना माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल नफर्कने घोषणा गरेका अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नयाँ सम्झौता गर्दै आफ्नो पुरानो जिम्मेवारीमा फर्किएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलनमार्फत अलमुताइरीसँग सन् […]

November 2, 2021

एपिएफ बेलबारी गोल्डकपको उपाधि नजिक

बेलबारी (हाम्रो खेलकुद) – ए डिभिजन क्लब एपिएफ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । रारा फुटबल क्लब राजारानीलाई मंगलबार २–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले उपाधिका लागि बुधबार अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा एपिएफलाई जित दिलाउन […]

November 2, 2021

कोन्टे टोटेनहमको प्रशिक्षक बन्ने सम्भावना

एजेन्सी – इटालियन एन्टोनियो कोन्टे फेरि एक पटक टोटेनहमको नयाँ प्रशिक्षक बन्ने चर्चा चलेको छ । नुनो स्पिरिटो सान्टोलाई सोमबार बिहान टोटेनहमले बर्खास्त गरेपछि कोन्टेको चर्चा सुरु भएको हो । शनिबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ३–० ले पराजित भएपछि टोटेनहमले पोर्चुगिज प्रशिक्षक साटोलाई बर्खास्त गरेको हो ।प्रिमियर लिगमा पछिल्ला ७ खेलमा टोटेनहमले ५ खेल गुमाएको […]

November 2, 2021

बेल वेल्सको टोलीमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल वेल्सको टोलीमा फर्किएका छन् । प्रशिक्षक रोबर्ट पेजले विश्वकप छनोटको महत्वपुर्ण दुई खेलका लागि बेललाई टोलीमा समेटेका हुन् । ३२ वर्षीय बेल बेलारुस र बेल्जियमसँगको विश्वकप छनोटका लागि वेल्सको टोलीमा परेपछि आफ्नो १००औं क्याप जित्ने बाटोमा छन् । चोटका कारण बेलले गत सेप्टेम्वर ८ यता कुनै […]

November 2, 2021

अगुएरो तीन महिना मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो तीन महिना मैदान बाहिर रहने भएका छन् । डिपोर्टिभो एलाभेससँग १–१ गोलको बराबरी खेलेको खेलमा छाती दुखेको महसुसस भएपछि उनलाई सब्सिच्युट गरिएको थियो । उक्त खेलपछि मेडिकल परिक्षणपछि गरिदा उनलाई काडिएयक एरिथमिया पत्ता लागेको थियो । उनलाई मुटु रोग अस्पतालमा लागिएको छ । उनको डा. जोसेप […]

November 1, 2021

अनन्त र पुजन बेलबारी गोल्डकपमा सम्मानित

बेलबारी (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्यद्वय अनन्त तामाङ र पुजन उपरकोटी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगितामा सोमबार सम्मानित भएका छन् । आयोजक मोरङको डागिहाट युथ क्लबले ए डिभिजन क्लब हिमालयन शेर्पा र धुलाबारीको रोलिङ्ग कपबीच प्रतियोगिताको पहिलो सेमिफाइनलका दौरान सम्मान गरेको हो । बेलबारी नगरापालिकाका मेयर शिवप्रसाद ढकालले अनन्त र पुजनलाई […]

November 1, 2021

हिमालयन शेर्पा बेलबारी गोल्डकपको फाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगिताको सोमबार भएको पहिलो सेमिफाइन्लमा झापा धुलाबारीको रोलिङ्ग क्लबलाई ३–१ ले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो । हिमालयन शेर्पाका लागि क्रिस्टन तुतुम्बा, विश्वास श्रेष्ठ र विशन गुरुङले गोल गरे […]

November 1, 2021

गौरीगन्ज उपमेयर कप छनोटको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– गौरीगन्ज नगपालिका उपमेयर कप उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४–० ले हराउँदै गौरीगन्ज अघिल्लो चरणमा पुगेको हो । गौरीगन्जको जितमा मंजली कुमारी योन्जन, गंगाकुमारी चौधरी, प्रतीक्षा चौधरी र ललिताकुमारी भाटले गोल गरेका थिए । दोस्रो खेलमा पहिलो जित निकालेपछि […]

November 1, 2021

टोटेनहमका प्रशिक्षक सान्टो बर्खास्त

एजेन्सी –टोटेनहमले नुनो इस्पिर्टो सान्टोलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ । म्यानचेस्टर युनाइटेडसँगको खेल शनिबार ३–० ले गुमाएपछि क्लबले सान्टोलाई बर्खास्त गरेको हो । उनले चार महिना अघि टोलीको नेतृत्व सम्हालेका थिए । प्रिमियर लिगमा पछिल्ला ७ खेलमा टोटेनहमले ५ खेल गुमाएको थियो । अंक तालिकाको आठौं स्थानमा रहेको टोटेनहमको शीर्षस्थानको चेल्सीको भन्दा १० अंक […]

Success

Thank you for your time.