default_image

फुटबल

September 20, 2021

रोनाल्डो आएपछि काभानी असन्तुष्ट

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको पूनरागमन पछि इडिन्सन काभानीका लागि म्यानचेस्टर युनाइटेडमा कठीन समय चलिरहेको छ । उरुग्वेली फरवार्ड गत सिजनका लागि प्रशिक्षक ओले गुनार सोल्साएरका लागि महत्वपूर्ण खेलाडीका रुपमा रहेका थिए । नयाँ सिजनको सुरुवातामा रोनाल्डो युनाइटेडमा आबद्ध भएपछि भने उनी खुसी नरहेको टोली पूर्व खेलाडी डिमिटार बार्बाटोभले बताएका छन् । ‘काभानी खुसी छैनन् । […]

September 20, 2021

हालान्डको दुई गोलमा डर्टमुन्डको जित

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा युनियन बर्लिनलाई सहजै पराजित गरेको छ । घरेलु मैदानमा डर्टमुन्डले युनियन बर्लिनलाई ४–२ ले पराजित गरेको हो । डर्टमुन्डको जितमा हालान्डले दुई गोल गर्दा राफयल गुरेइरोले एक गोल थपे । एक गोल उपहार पाएको थियो । युनियन बर्लिनका म्याक्स क्रुस […]

September 20, 2021

युभेन्ट्स र मिलानको बराबरी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको चौथो मिनेटमा नै अल्भारो मोराटाको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले पाउलो […]

September 20, 2021

लियोनलाई हराउँदै पीएसजी अपराजित

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार छैटौ जित दर्ता गर्दा लियोनलाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लियोनमाथि २–१ को पूनरागमन जित निकालेको हो । पीएसजीको जितमा नेयमार र मोउरो इकार्डीले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । पार्क डेस […]

September 20, 2021

टोटेनहममाथि चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले घरेलु टोली टोटेनहम हटस्परमाथि सानदार जित दर्ता गरेको छ । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोलीलाई ३–० ले पराजित गरेको हो । चेल्सीको जितमा थियागो सिल्भा, एङगोलो कान्टे र एन्टेनियो रुडिगरले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । […]

September 20, 2021

बेन्जेमा र भिनिको गोलमा रियलको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । खेलको अन्त्यतिर दुई मिनेटका अन्तरमा भिनिसियस र बेन्जेमाले गोल गरेपछि रियलले घरेलु टोली भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो । भ्यालेन्सियाका हुगो डुरोको गोल सान्त्वना […]

September 19, 2021

म्यानचेस्टर युनाइटेडको रोमान्चक जित

एजेन्सी – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडमाथि पूनरागमन जित निकालेको छ । लन्डन स्टेडियममा आइतबार राति भएको खेलमा पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले गोल गरेपछि युनाइटेडले २–१ को पूनरागमन जित निकालेको हो । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो । खेलको इन्ज्युरी […]

September 19, 2021

अपराजित पीएसजीलाई लियोनको चुनौती

एजेन्सी – फ्रान्सेली लिग वानमा आज आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा लियोनको सामना गर्दैछ । खेल पार्क डेस प्रिन्सेस पेरिसमा नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ । अपराजित रहेको पीएसजी घरेलु मैदानमा लियोनलाई हराउँदै लगातार छैटौ जितको खोजीमा हुनेछ । पीएसजीले यसअघि ट्रोएस, स्टार्सवर्ग, ब्रेस्ट, रेइम्स र क्लेरमोन्ट फुटलाई पराजित गरेको थियो […]

September 19, 2021

युभेन्ट्स र एसी मिलान भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज आइतबार युभेन्ट्सले घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा एसी मिलानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ । सुरुवाती तीन खेलमा जित निकाल्न नसकेको युभेन्ट्स मिलानविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । युभेन्ट्सले तीन खेलमा १ बराबरी र दुई हार बेहोरिसकेको छ । यो सिजनको सिरी ‘ए’ […]

September 19, 2021

आर्सनल नेपालको सञ्चालक समिति सर्वसम्मत चयन

काठमाडौं (हाम्रो खेलकुद)–इंग्लिस प्रिमियर लिग (इपिएल)को क्लब आर्सनलको नेपाली समर्थक समूह आर्सनल नेपालले सर्वसम्मत नेतृत्व चयन गरेको छ । आइतबार भएको सधारण सभाले नवीन चित्रकार अध्यक्षतसहित सञ्चालक समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सविन श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई चुनिए । सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, […]

Success

Thank you for your time.