default_image

फुटबल

September 12, 2021

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा आज साझ हुँदैछ । खेल साँझ ५ बजे सुरु हुनेछ । एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको थियो । ४ खेलाडीले डेब्यू गरेको खेलमा सविता राना मगर र […]

September 12, 2021

बिल्वाओ ला लिगाको शीर्षस्थानमा उक्लियो

एजेन्सी – रियल मलोर्कामाथि सहज जित दर्ता गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस ला लिगाको शीर्षस्थामा उक्लिएको छ । घरेलु मैदानमा मलोर्कालाई २–० ले पराजित गर्दै अपराजित रहेको बिल्वाओ शीर्षस्थानमा उक्लिन सफल भएको हो । बिल्वाओले एक खेल कम खेलेका रियल म्याड्रिड, सेभिया, भ्यालेन्सिया, बार्सिलोना र एट्लेटिको म्याड्रिडसँगै मलोर्कालाई पनि पछि पार्दै शीर्षस्थानमा उक्लिन सफल भएको हो […]

September 12, 2021

युभेन्ट्स नेपोलीसँग स्तब्ध

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा नेपोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु घरेलु टोली नेपोलीसँग २–१ ले स्तब्ध बनेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफमा नेपोलीले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन । […]

September 12, 2021

अपराजित बायर्नको सानदार जित

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगमाथि फराकिलो जित निकालेको छ । बायर्नले घरेलु टोलीमाथि ४–१ को फराकिलो सफलता हात पारेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, लिरोए साने र एरिक म्याक्सिम चुपो मोटिङले समान एक गोल गरे । घरेलु टोलीका कोनराड लेइमारले एक गोल फर्काए । रेडबुल एरिना लाइप्जिगमा […]

September 12, 2021

आर्सनलको पहिलो जित, सिटीलाई सफलता

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित दर्ता गर्दा साविकको विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । सुरुवाती तीन खेलमा हार बेहोरेको आर्सनलले नर्विच सिटीमाथि १–० को जित निकाल्दै लिगमा पहिलो जित निकालेको हो । आर्सनलको जितमा कप्तान पिएरे इमिरिक औवामियाङले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो […]

September 12, 2021

लुकाकु चम्कदा चेल्सीको सानदार जित

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लामाथि ३–० को सहज जित हात पारेको हो । एक गोल माटियो कोभासिसको नाममा रह्यो । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो । स्टामफोर्ड ब्रिजमा शनिबार […]

September 11, 2021

एएफसी यु–२३ छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा अर्काे महिना आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन् । एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । प्रशिक्षक महर्जनले बोलाएको ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका खेलाडी छन् । ७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा […]

September 11, 2021

बिबिसीमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार भएको २१ औं साधारण सभाले क्लबका अध्यक्षमा डा.लालकुमार पुनलाई चयन गरेको हो । क्लबको उपाध्यक्षमा राजु हाइजु, महासचिवमा स्मित लामा, सह–सचिवमा मीना कुमारी राई र कोषाध्यक्षमा अरभिन्द गुरुङ चुनिएका छन् । सदस्य हरेन्द्र भट्टराई, डा. विनय […]

September 11, 2021

हालान्डको दुई गोलमा डर्टमुन्डको रोमाञ्चक जित

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा बायर लिभरकुसनमाथि रोमाञ्चक जित दर्ता गरेको छ । डर्टमुन्ड खेलमा तीनपटक पछि परेपनि गोलको वर्षा भएको खेलमा घरेलु टोलीमाथि ४–३ को रोमाञ्चक पूनरागमन जित निकाल्न सफल भएको हो । बायर लिभरकुसनले खेलमा तीनपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन […]

September 11, 2021

रोनाल्डोको दुई गोलमा म्यानचेस्टर युनाइटेडको सानदार जित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा रोनाल्डोले दुवै हाफमा अग्रता दिलाउने गोल गरेपछि म्यानचेस्टर युनाइटेड ४-१ ले विजयी भयो । रोनाल्डोले पहिलो हाफमा गरेको गोललाई दोस्रो हाफमा जाभिएर मान्किलोले बराबरी गरेका थिए […]

Success

Thank you for your time.