default_image

महिला साफ च्याम्पियनसिप

September 7, 2022

साविक विजेता भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ । भारतले पाकिस्तानमाथि ३-० को जित दर्ता गर्दै ३ अंक जोडेको हो । खेलको सुरुवातमा पाकिस्तानले केही राम्रो मुभ सिर्जना गरेपनि पाकिस्तानी कप्तानले आत्मघाती गोल गरेपछि टोली दबाबमा देखियो । पहिलो गोलको केही मिनेटपछि […]

September 6, 2022

‘पुरानै लयमा फर्कन प्रयास गर्दैछु’

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतको २-२ गोलमा नेपालले छैटौं महिला साफ च्याम्पियनसिपमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गर्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी विंगर अनिता बस्नेत प्लेयर अफ द म्याच चुनिइन् । उनले ७३ औं र ८५ औं मिनेटमा गोल गरेकी थिइन् । उनको पहिलो गोल विशेष […]

September 6, 2022

‘पानी परेको कारण समयमा गोल निकाल्न सकेनौं’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्यो । टोलीका प्रशिक्षक कुमार थापाले खेलको सुरुवातमा वर्षा हुँदा सोचेजस्तो समयमा गोल निकाल्न नसकेको बताए । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले वर्षाका कारण मैदान भारी हुँदा आफ्नो योजना अनुसार खेल्न नसकेको बताए । ‘हामीले […]

September 6, 2022

सावित्रा र अनिता चम्कँदा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत चम्कँदा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालले भुटानलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालको सानदार जितमा सावित्रा र अनिताले समान २-२ गोल गरे । खेलको […]

September 6, 2022

राष्ट्रिय टोलीमा समिक्षाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर समिक्षा घिमिरेले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानसँगको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । समिक्षाले ७४औं मिनेटमा हिरा कुमारी भुजेलको स्थानमा मैदान प्रवेश गरेकी हुन् । महिला राष्ट्रिय लिगमा चन्द्रपुरबाट खेलेक उनी पछिल्लो समय नेपाल पुलिस […]

September 6, 2022

पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ को गोलमा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको १२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको तेस्रो मिनेटमा फ्रिकिकमा भुटानी खेलाडीको हेडर पोस्ट नजिकैबाट बाहिरिदा भुटान अग्रता […]

September 6, 2022

राष्ट्रिय टोलीमा दीपा र अमिशाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर दीपा शाही र फरवार्ड अमिशा कार्कीले सिनियर महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानसँगको उद्घाटन खेलमा प्रशिक्षक कुमार थापाले दीपा र अमिशालाई पहिलो रोजाईमा मौका दिदै डेब्यु दिएका हुन् । दीपाले कन्काई नगरपालिकाबाट उपमेयर कप प्रतियोगिता पछि चर्चा चुलिएको थियो । त्यो प्रतियोगिताकै […]

September 6, 2022

भुटानविरुद्ध खेल्ने सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप २०२२ अन्तर्गत पहिलो खेलमा भुटानविरुद्ध सुरुवाती ११ घोषणा गरेको छ । प्रशिक्षक कुमार थापाले गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बालाई उतारेका छन् । सेन्टर डिफेन्समा गीता राना र पुनम जर्घा मगर खेल्दा साइड डिफेन्समा अमृता जैशी र हिरा भुजेल रहेका छन् । सेन्टर मिडफिल्डमा […]

September 6, 2022

साफ च्याम्पियनसिप – नेपाल चौथो पटक भुटानसँग पहिलो खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सदाबहार दाबेदार मध्येको एक टोली हो । साफ च्याम्पियनसिपको पछिल्लो ५ संस्करण मध्ये ४ वटा फाइनल खेलेबाटै नेपालको दाबेदारी बलियो छ । तर, उपाधि जित्न भने असफल रहँदै आएको छ । सन् २०१६ को चौथो चरणमा भने नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । फाइनल […]

September 6, 2022

साफ च्याम्पिनसिप – नेपालको सुरुवात सधैं सुखद

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियामा महिलातर्फको दुई ठूला प्रतियोगिता मध्येको एक साफ च्याम्पियनसिपमा नेपालले सधै सुखद सुरुवात गर्दै आएको छ । यसअघिका पाँचै संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबार छैटौं संस्करणको सुरुवात हुँदा पनि नेपालले जितबाट सुरुवात गर्ने अपेक्षा गरिएको छ । यसअघि नेपालले च्याम्पियनसिपको पहिलो खेलमा जितमात्र होइन कम्तीमा ३–० […]

Success

Thank you for your time.