default_image

महिला साफ च्याम्पियनसिप

October 21, 2024

भुटानलाई पहिलो हाफमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले श्रीलंकामाथि पहिलो हाफमा अग्रता लिएको छ । दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा भुटान २-१ को अग्रतामा छ । भुटानले सुरुवाती अग्रता लिएपनि श्रीलंकाले गोल फर्काएको थियो । तर सेट पिसमा श्रीलंकाको डिफेन्स कमजोर हुँदा भुटानले पुन: अग्रता बनाएको हो । […]

October 21, 2024

साफ च्याम्पियनसिप– माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपका सेमिफाइनल सम्भावना बढाउनका लागि नेपाली टोलीले माल्दिभ्सविरुद्ध हुने आजको खेल जित्नुपर्ने हुन्छ । भुटानसँगको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएका केहि दबाब र आलोचना खेपेको नेपाली टोली आज जितेर सेमिफाइनलको आधार तयार पार्नेमा जुट्नेछ । तुलानात्मक रुपमा माल्दिभ्स कमजोर टोली हो । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको […]

October 20, 2024

साविक विजेता बंगलादेश हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत साविक विजेता बंगलादेश पाकिस्तानसँग हारबाट जोगिएको छ । समूह ए को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको इन्ज्युरी समयमा गोल खाँदै १-१ को बराबरी खेलेको हो । पहिलो हाफमा लिएको अग्रता जोगाएपछि पाकिस्तानले साविक विजेतालाई स्तब्ध बनाउन नजिक पुगेपनि अन्तिम समयमा गोल खान पुग्यो । बराबरीका बाबजुद […]

October 20, 2024

साविक विजेता बंगलादेशविरुद्ध पाकिस्तानलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेशविरुद्ध अग्रता लिएको छ । पहिलो हाफको खेल सकिँदा पाकिस्तान १-० ले अघि छ । खेलमा बंगलादेशले बढी आक्रमण बुनेपनि पाकिस्तानले काउन्टर अट्याकमा गोल गर्दै अग्रता लिएको हो । २१ औं मिनेटमा बंगलादेशकी ऋतु चक्माले बायाँ विंगबाट दिएको […]

October 20, 2024

साविक विजेता बंगालादेशको सामना गर्दै पाकिस्तान

काठमाडौं ( हाम्रो खेलकुद)- काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको समूह एमा आज साविक विजेता बंगालादेश र पाकिस्तानबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजे सुरु हुनेछ। पहिलो खेल भारतसँग ५-२ ले गुमाएको पाकिस्तानको समूह चरणमा यो अन्तिम खेल हो । आजको खेलमा पनि पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ। त्यसैले […]

October 18, 2024

हिरा र दीपा चोटग्रस्त, बाँकी खेल गुमाउने संभावना

काठमाडौं (हाम्रो खेलकुद)- पाँच पटकको उपविजेता रहिसकेको नेपालका लागि साफ च्याम्पियनसिपको यस पटकको सुरुवात सुखद हुन सकेन। साफ इतिहासमा नै नेपालले पहिलो पटक बराबरी नतिजाको सामना गर्नुपर्यो। पहिलो पटक भुटानले नेपाललाई बराबरीमा रोक्यो। बराबरीको पीडासँगै नेपालका दुई महत्वपूर्ण खेलाडी हिरा कुमारी भुजेल र दीपा शाही चोटग्रस्त हुन पुगे। उनीहरूले साफको बाँकी खेल गुमाउने संभावना उच्च […]

October 18, 2024

साफमा नेपालको पहिलो बराबरी, भुटानविरुद्ध गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली […]

October 18, 2024

श्रीलंकाको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाले साफ महिला च्याम्पियनसिप २०२४ मा विजयी सुरुवात गर्ने क्रममा माल्दिभ्सलाई पराजित गरेको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको हो । श्रीलंकाको जितमा इमेशा वार्नाकलासुरियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित रह्यो । यससँगै श्रीलंकाले समूहमा ३ अंक जोडेको छ । […]

October 18, 2024

श्रीलंकालाई पहिलो हाफमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । दशरथ रंगशालामा श्रीलंका १-० ले अगाडी छ । पहिलो हाफको अवधिभर माल्दिभ्समाथि आक्रमण बुनेको टोलीले अन्य अवसर भने सदुपयोग गर्न सकेको छैन । माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले केही उत्कृष्ट बचाउ गर्दै गोलअन्तर बढ्न दिएकी छैनन् । […]

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

Success

Thank you for your time.