June 8, 2021
एजेन्सी – तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरियता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । पेरिसमा सोमबार राति भएको खेलको पहिलो सेटमा शुरुवातमा २–० को अग्रता लिएपनि नाडाल ४–२ ले पछि परेको थियो । तर […]
June 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने पक्का भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । ‘जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लागेको छ । त्यहाँको […]
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियन च्याम्पियनसिपको लागि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण स्थगित भएको छ । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले नेपाली टोलीको प्रशिक्षण जेठ महिनाभरको लागि स्थगित गरिएको र असार १ बाट प्रशिक्षण शुरु गरिने हाम्रो खेलकुदलाई जानकारी गराए । राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा परेका १५ भन्दा बढी […]
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भएपछि असहज परिस्थितीमा रहेकालाई दुलाल दम्पतिले खाद्य सामग्री प्रदान गरेका छन् । गरिब दुखी तथा असहायहरुका लागि सामाजिक दायित्वलाई महसुस गर्दै सहयोगीको रुपमा विभिन्न खेलकुद क्षेत्रका नेतृत्वहरु पनि अगाडी बढिरहेकाको अवस्थामा अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष, पूर्व खेलाडी एवम् एपिएफका टेबल […]
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङका पूर्व खेलाडी, प्रशिक्षक तथा निर्णायक हरिबहादुर केसीको निधन श्रद्धाञ्जली व्यक्त गरेको छ । संघका महासचिव सविन भट्टाचार्यले विज्ञप्ती जारी गरी कोरोनासँग लामो लडाई लडेका केसीको बिहिबार निधन भएको उल्लेख छ । केसीले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजतपदक तथा भारतको […]
June 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि घरेलु भुमिमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको तर्फबाट नेपाललाई दोहोरो स्वर्णपदक दिलाएका मन्देकाजी श्रेष्ठले जेएसएसबी पेन्डामिक अफ कोभिड रेस्कस टिमलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । श्रेष्ठले कोरोना महामारीको समयमा शव व्यवस्थापनमा खटिदै आएको जेएसएसबी टिमलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) मा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका […]
May 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को आयोजनामा हुने भनिएको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) स्थगित भएको छ । एकेडेमीका सचिव दिपक थापाले प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको जनाएको छ । […]
May 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन टेक्निकल अफिसियल तथा अम्पायर उदय अर्याल कोरोना संक्रमणमुक्त भएका छन् । उनी ८ दिनको अस्पताल बसाईपछि कोरोना संक्रमणमुक्त हुदै आइतबार घर फर्किएका छन् । कोरोना संक्रमणका कारण असहज महसुस भएपछि अर्याललाई गत आइतबार वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भएको थियो । अस्पताल पु¥याउदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम […]
May 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि बहादुर अधिकारी हवल्दारमा बढुवा भएका छन् । उनलाई गत माघ २२ गते नै श्री बरख गणका गणपति भवन थापा मगरले हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । माघमै हवल्दारमा बढुवा भएपनि उनले आइतबार मात्रै आफु बढुवा भएको सार्वजनिक गरेका थिए […]
May 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन टेक्निकल अफिसियल उदय अर्याललाई कोराना संक्रमण भएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उचार भइरहेको छ । कोरोना संक्रमणका कारण असहज महसुस अर्याललाई आइतबार अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदा उनको शरीरमा अक्सनको लेभल निकै कम रहेको डाक्टरले जनाएको परिवारका सदस्यले बताएका छन् । अहिले उनको स्वास्थमा सुधार […]