5 years ago
May 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को आयोजनामा हुने भनिएको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) स्थगित भएको छ ।

एकेडेमीका सचिव दिपक थापाले प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको जनाएको छ ।
एकेडेमीले कोरोना भाइरसको महामारीको यो विषम परिस्थितिमा पूर्वनिर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न संभव नभएको बताएको छ । एकेडेमीले घरेलु ब्याडमिन्टनकै प्रतिष्ठित् प्रतियोगिताको रुपमा हामी कर्पोरेट ब्याडमिन्टनलाई परिस्थिति सहज भएपछि आयोजना गर्ने जानकारी गराएको छ । सरकारले निषेधाज्ञा जारी गरेदेखि नै एकेडेमीको प्रशिक्षणलगायत गतिविधि स्थगित गरिएको बताएको छ ।
ब्याडमिन्टन जगतमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यसहित गत पुसमा एकेडेमीको स्थापना भएको थियो । च्याम्पियनसिपलाई कुमारी बैंकले मुख्य प्रायोजकबापत ८ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरेको थियो । च्याम्पियनसिपमा पाँच स्पर्धा समावेश गरिएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]