default_image

General

May 8, 2021

एनटीए उपाध्यक्ष दाहालको कोरोनाबाट निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का उपाध्यक्ष दिनेश दाहालको शनिबार निधन भएको छ । उनको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए । तेक्वान्दोको पहिलो गीत मानिएको ‘छाती माथि सेतो हिमाल, हिउँ जस्तै पहिरन’ बोलको गीत स्व. […]

May 7, 2021

सिजुओका स्पोर्ट्स क्लब जापानको अधिवेशन अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – जापानको सिजुओकामा अवस्थित सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशन अर्काे साता हुदैछ । सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशन आगमी बिहीबार १३ मेमा नेपाली रेष्टुरेन्ट ‘चौतारी’ सिजुओकामा हुनेछ । यो अधिवेशनले क्लबको नयाँ कार्यसमिति चयन गर्नेछ । क्लबको स्थापना २०१८ मा भएको थियो । क्लबको प्राथमिकतामा विशेषगरी भलिबल रहेको र क्लबले लगातार जापानमा […]

May 4, 2021

क्योकुसिनका बज्राचार्यको निधन

काठमाडौं (हाम्रो खेलकुद) – क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि बज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका […]

May 4, 2021

आइपिएल स्थगित हुँदा समस्यामा अष्ट्रेलियाका खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएसँगै अष्ट्रेलिया खेलाडी, प्रशिक्षक, कमेन्टेर र अफिसल समस्यामा परेका छन् । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि मध्य सिजनमा मंगलबार आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको छ । चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादका टोलीका सदस्यलाई कोरोना देखिएपछि आइपिएल […]

May 3, 2021

पौडेल आइएफएसीको सदस्यमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसियसनका संस्थापक महासचिव मेघराज पौडेल इन्टरनेश्नल फेडेरेशन अफ स्पोर्टस क्लाइम्बिङ (आइएफएससी)को इभेन्ट कमिसनको सदस्यमा निर्वाचित भएका छन् । सन् २०२१ मार्चमा बसेको एसियन काउन्सिलको साधारण सभाले पौडेललाई कमिसन सदस्यमा निर्वाचित गरेको हो । स्पोर्ट्स क्लाइम्बिङ नेपालमा २०६७ सालदेखि सक्रिय छ । यस खेलले एसियन गेम्समा समेत सहभागीता जनाएको […]

May 3, 2021

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दुवैले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी विट, मुलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । थलीको प्रभागलाई १८ थान […]

May 3, 2021

भारत र अष्ट्रेलियालाई पछि पार्दै न्युजिल्यान्ड शीर्षस्थानमा

एजेन्सी – न्युजिल्यान्डले भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वार्षिक वरियतामा न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्ड, भारत र अष्ट्रेलिया जस्ता देशलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । न्युजिल्यान्डको १७ खेलमा १ सय २१ रेटिङ अंक छ । दोस्रो स्थानमा रहेको […]

May 3, 2021

परेराको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

एजेन्सी – श्रीलंका स्टार अलराउन्डर थिसारा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३२ वर्षिय श्रीलंका विश्वकप विजेता अलराउन्डर परेराले सोमवार अप्रत्याशित रुपमा सन्न्यासको घोषणा गरेका छन् । सन् २०१४ मा श्रीलंकाले टि२० विश्वकप उपाधि जित्दा थिसारा परेरा टोलीका प्रमुख सदस्य थिए । तीव्र गतिमा बलिङ गर्ने परेराले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । ओडिआई […]

May 2, 2021

वार्नर हैदराबादको बेन्चमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २८ औं खेलमा राजस्थान रोयल्सविरुद्ध सनराइजर्स हैदराबादले पहिला बलिङ गर्ने भएको छ । अरुण जेटली स्टेडियम दिल्लीमा हैदराबादका नवनियुक्त कप्तान केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । हैदराबादले टोलीमा तीन परिवर्तन गरेको छ । पूर्व कप्तान डेविड वार्नरलाई बेन्चमा राखेको छ । वार्नरको […]

May 1, 2021

पोलार्डको विष्फोटक ब्याटिङमा मुम्बईको रोमाञ्चक जित

एजेन्सी – अलराउन्डर काइरन पोलार्डको विष्फोटक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्सले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ओभरमा १६ रन चाहिँएको थियो । […]

Success

Thank you for your time.