default_image

General

May 21, 2021

अम्पायर समूहको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरस्थित इखाछें आईसोलेसन वार्डको लागि नेपाल ब्याडमिन्टन अम्पायर समूहको तर्फबाट स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । उन्नति फाउण्डेशनको सहयोगमा अम्पायर समूहले वार्डमा खटिने ब्यक्ति तथा संक्रमितका लागि ५० पिसको ४० बक्स सर्जिकल मास्क प्रदान गरेको हो । मास्क समूहका सदस्य द्वय अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र राष्ट्रिय अम्पायर राजु देउजाले आईसोलेसन […]

May 21, 2021

लोकतान्त्रिक खेलकुदको कोभिड अभियान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले कोभिड १९ संक्रमण ब्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको सहयोगका लागि फाईट अगेन्स्ट कोभिड १९ अभियान सुरु गरेको छ । सोहि क्रममा कोभिड संक्रमणबाट मृत्यु भएका क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी, प्रदेश २ क्योकुसिन कान कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल […]

May 18, 2021

दुःखीको सहयोगमा खड्काको सक्रियता

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोडिभ–१९) को दोस्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् । समस्यामा परेकालाई सहयोग गर्न खड्काले आफ्नै नेतृत्वमा व्यक्तिगत तथा देश÷विदेशमा रहेका मनकारी नेपालीहरुको सहायतामा आर्थिक सहयोग जुटाउदै ‘सबैका […]

May 18, 2021

ट्राइयाथल प्रशिक्षकका लागि भर्चुअल कोर्ष सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले आफ्ना प्रशिक्षकहरुका लागि अनलाईन कोर्ष प्रदान गरेको छ । फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ–युथ एण्ड जुनियर्स बिषयक कोर्ष संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रदान गर्नेछन् । ट्राईयाथलनको प्राविधिक पक्षलाई समेटेर कोर्ष संचालन गरिएको हो । करिव ५ हप्ता संचालन हुने कोर्षमा ट्राईयाथलनका १५ प्रशिक्षकहरुलाई ज्ञानपूर्ण कुराहरु प्रदान […]

May 16, 2021

एसियन महिला भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीको पनि सहभागिता पक्का भएको २१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप चीनमा नभई फिलिपिन्समा हुने भएको छ । चीनले आयोजक राष्ट्रबाट नाम फिर्ता लिएपछि एसियाली भलिबल महासंघ (एभीसी) ले नयाँ आयोजकको रुपमा फिलिपिन्स रोजेको हो । एभीसीले शनिबार फिलिपिन्सले प्रतियोगिता आयोजना गर्ने पुष्टि गरेको हो । च्याम्पियनसिप […]

May 15, 2021

केसीको अध्यक्षतामा सिजुओका स्पोर्ट्स क्लब जापानको नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद) – जापानको सिजुओकामा अवस्थित सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशनले कृष्ण केसीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । गत बिहीबार भएको अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । तीन उपाध्यक्षमा उमेश अर्याल, बालकृष्ण ढुंगाना र भीम श्रीस रहेका छन् । सचिवमा चित्र बुढाथोकी र कोषाध्यक्षमा दीपक खत्री निर्विरोध निर्वाचित भए […]

May 14, 2021

खेलकुद महासंघद्धारा स्वास्थ्य सामग्री वितरण

काठमाडौं (हाम्रो खेलकुद) – सत्तारुढ दल नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले नयाँ कमिटि गठन गरे लगत्तै खेलकुद गतिविधिलाई तिव्रता दिएको छ । यसअघि महासंघले युवा तथा खेलकुद मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै खेलकुदका सम्पुर्ण संरचनालाई कोभिडविरुद्धको लडाँईमा प्रयोग गर्न अपिल गरेको थियो । महासंघले ‘कोभिड नो भिड’ नारा अन्तर्गत राजधानीसहित देशभरका विभिन्न स्थानमा खेलाडी तथा […]

May 11, 2021

‘ए’ डिभिजन फुटसल लिग स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने तया भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग अनिश्चित कालका लागि स्थगित भएको छ । एन्फाले विज्ञप्ती जारी गर्दै १ देखि २२ जेठसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुन लागेको ‘ए’ डिभिजन फुटसल लिग अनिश्चित समयका लागि स्थगित भएको जनाएको छ । १० टिमको सहभागिता हुने […]

May 10, 2021

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) लाई सहयोग स्वरुप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपंक्तिमाा रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी राखेपले स्वास्थ्य सामग्री एनएसजेएफलाई सहयोग स्वरुप प्रदान गरेको हो […]

May 9, 2021

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ । सोहि क्रममा नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ । सोहि अभियान […]

Success

Thank you for your time.