May 1, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । अरुण जेटली स्टेडियम दिल्लीमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । मुम्बईले टोलीमा दुई परिवर्तन गरेको छ । न्युजिल्यान्डका अलराउन्डर जेम्स निशमले मुम्बईको लागि डेब्यू गरेका छन् । त्यस्तै धवल […]
April 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसी र धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुर र धनगढीले १–१ गोलेको बराबरी खेल्दै अंक बाँडेका हुन् । धनगढीका ओलावाले ओलाडिपो आफिजले गोल गर्दा ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काएका थिए । खेलको पाँचौ […]
April 29, 2021
पोखरा (हाम्रो खेलकुद) – दीपक मनाङेका रुपमा परिचित राजीव गुरुङ गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकार जोगाउनका लागि मनाङलाई मन्त्री बनाइएको बताइएको छ । प्रदेश मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार उनलाई मन्त्री नियुक्त गरेका हुन् । बिहीबार नै उनले सपथ लिएका छन् । मनाङे आपराधिक पृष्ठभूमिसहित […]
April 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फा फुटसल कमिटिको सिफारिसमा एन्फाले बस्नेतलाई ६ महिनाको लागि राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले मुख्य प्रशिक्षक नियक्त भएका बस्नेतलाई मंगलबार नियुक्ति पत्र हस्तान्तरण गरे । […]
April 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोल्यान्डको किल्सीमा भएको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ । अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सुष्मा तामाङ ४८ केजीमुनि क्वाटरफाइनलसम्म पुगेकी थिइन् । पहिलो चरणमा बाइ […]
April 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचथरका दिवस शंकर र एशिया जवेगुको जोडी प्रदेश १ स्तरिय बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । दिवस शंकर र एसिया जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५–२३ र २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेका हुन् । उक्त जोडीले नगद ३१ हजारसहित […]
April 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – देबे हाते युवा ब्याट्सम्यान कुशल मल्लले टि२० आई क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान बनाएका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध कुशलले २४ बलमा ५ छक्का र २ चौका सहित ५० रनमा अविजित थिए । उक्त अर्धशतक कुशलले १७ वर्ष ५० दिनको उमेरमा पूरा गरेका थिए […]
April 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज उपाधिको लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल दिउँसो १ : १५ बजे टियु क्रिकेट मैदानमा सुरु हुने छ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् । नेपाल लिग विजेता र नेदरल्यान्ड्स उप विजेताको रुपमा फाइनलमा स्थान बनाएका हुन् । […]
April 24, 2021
तातोपानी (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा गर्दैछ । फाइनल खेल भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा दिउँसो २ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब […]
April 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग लिग चरणको अन्तिम खेलमा विहिबार विष्फोटक ब्याटिङ गरे । नेपाललाई कुल २ सय १७ रनको योगफल बनाउन करणले मात्र १३ बलमा ७ छक्का सहित ४५ रनको इनिङ खेले । एक समय करण भारतीय क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान युवराज सिंहको विश्व […]