5 years ago
May 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) लाई सहयोग स्वरुप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपंक्तिमाा रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी राखेपले स्वास्थ्य सामग्री एनएसजेएफलाई सहयोग स्वरुप प्रदान गरेको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई १ सय थान सेनिटाइजर र २ सय थान सर्जिकल मास्क हस्तान्तरण गरे ।
२०७६ सालको चैतमा गरिएको लकडाउनको अवधिमा पनि राखेपले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]