default_image

General

February 11, 2021

वीरगञ्जमा खेलकुद अभिमुखीकरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश २ को वीरगन्जमा बिहीबारदेखि सुरु भएको छ । कार्यक्रमको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।दुईदिने कार्यक्रममा प्रदेश २ का ८ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय १० […]

February 11, 2021

मन्दे प्रहरी सहायक निरिक्षकमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरिक्षकमा बढुवा भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले महाराजगन्जको ६५औं वार्षिकोत्सवको अवसरमा उनलाई सहायक निरिक्षकमा बढुवा गरेको हो । उनलाई प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गरे ।

February 11, 2021

साइना सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भारतकी साइना देशपाण्डे आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे […]

February 11, 2021

रत्नजित र प्रिन्स प्रि–क्वाटरफाइनलमा

चितवन (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रत्नले नवलपरासीका रोशन कुमाललाई २१–१४ र २१–१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१–५ र २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् […]

February 11, 2021

डायमन्डसँग हारेपनि पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्य डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएपनि विभागीय नेपाल पुलिस क्लब प्रथम आमन्त्रण टाइगर कप खुल्ला भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा पुलिस डायमन्डसँग ३–१ को सेटमा पराजित भएको थियो । पुलिसको तीन खेलमा ६ अंक रहेको छ । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा डायमन्डले […]

February 10, 2021

अभिलाषा क्वाटरमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अभिलाषाले भारतकी मिली चुगलाई ६–१ र ६–१ ले सहजै पराजित गरिन् । सातदाबाटोस्थित टेनिस कोर्टमा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले पुरुष डबल्समा विजयी […]

February 10, 2021

शाहिलको दोहोरो जित

चितवन (हाम्रो खेलकुद) – एनआरएन दुवईका शाहिल चन्द चितवनमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्न सफल भएका छन् । चन्दले छात्र यु–१७ तर्फ गुल्मीका मनोज पोदारलाई २१–१३ र २१–१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि जित निकाले । चन्दले […]

February 9, 2021

वीर गणेशमान सिंह रोड रेस चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । रेस डाइरेक्टर सुशिलनरसिंह राणाले प्रतियोगितामा ४–५ सय खेलाडीको सहभागिता रहने […]

February 9, 2021

विराटनगरमा खेलकुद अभिमुखीकरण कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश १ को विराटनगरमा मंगलबारदेखि सुरु भएको छ । र्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।कार्यक्रममा प्रदेश १ का १६ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय ३० जनाको सहभागिता रहेको छ […]

February 9, 2021

प्रेरणा र सलोनीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला डबल्समा मंगलबार जित हात पारेका छन् । महिला डबल्समा नेपालका उक्त जोडीले भारतका कृष्टि बोरो र लक्ष्मी गौदको जोडीलाई ३–६, ६–३ (१०–६) को सेटमा हराए । त्यसै स्पर्धामा सर्किट १ विजेता नेपालकी अभिलाषा विष्ट […]

Success

Thank you for your time.