default_image

General

February 27, 2021

राजेन क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजेनले चामुण्डाका जिमी लामालाई ५–० को फ्रेममा सहजै पराजित गरे । अन्य प्रिक्वाटरफाइनलमा एनआरटीका दीपक मगरले पाल्पाका कुनाल श्रेष्ठलाई ५–२, अजिमाका फुरी शेर्पाले एस स्नुकरका […]

February 27, 2021

फ्रेन्ड्स क्लबको साधरणसभा

ललितपुर (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन टोली फ्रेन्ड्स क्लबको साधरणसभा शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष राजिव पौडेलको अध्यक्षतामा भएको साधरण सभाले विभिन्न चार निर्णय गरेको छ । साधरणसभाले आगमी चैत २८ गते नयाँ कार्यसमिति चयनका लागि क्लबका आजिवन सदस्य राम खनाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विश्व फुटबल महासंघ (फिफा) र […]

February 27, 2021

मन्देकाजीलाई मनास्लुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्र्ड कलेजले कराते खेलाडी मन्देकाजी श्रेष्ठलाई शनिबार सम्मान गरेको छ । गत वर्ष मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अबढाएको भन्दै कलेजले मन्देलाई सम्मानित गरेको हो । सागको एकै संस्करणमा करातेमा दोहोरो स्वर्ण जित्ने मन्देकाजी एक्लो नेपाली कराते खेलाडी हुन् ।मनास्लुले कक्षा […]

February 26, 2021

आङ छिरिङ स्मृति गल्फ अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – यती एअरलान्सले आफ्नो समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो बार्षिक स्मृतिमा अर्को साता गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा फागुन २१ र २२ गत दुईदिने प्रतियोगिता हुने यती एअरलायन्सले जनाएको छ । स्व शेर्पाकोे स्मृतिमा हुन लागेको प्रतियोगितामा देशभरका १ सय ५० खेलाडीले भाग लिने यती […]

February 26, 2021

रेगन क्वाटरफाइनलमा

काठमाडौ (हाम्रो खेलकुद) – अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा शुक्रबार भएको प्रतियोगितामा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सनोज खड्गीलाई ५–२ को फ्रेममा पराजित गरे । फस्ट ब्रेकका अमन कार्कीले माउन्ट एभरेष्टका कृतेश ज्ञवालीलाई ५–३, एएक्सएनका वाङचु […]

February 26, 2021

डेभिडले चीनमा रिङ रेस्लिङ खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय रेस्लर डेभिड महर्जन चीनमा आयोजना हुने रेस्लिङ प्रतियोगिताको लागि छनोट भएका छन् । डेभिड आगामी बर्ष नेपाल चाईना मैत्रीपूर्ण एवं साँस्कृतीक सम्वन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तरगत हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ रेस्लिङ संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जानकारी […]

February 26, 2021

‘गोल्डेन एथ्लेटिक्स मिट’ यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – ‘गोल्डेन एथ्लेटिक्स मिट’ यसै महिना आयोजना हुने भएको छ । काठमाडौं जिल्ला एथ्लेटिक्स संघ, ललितपुर जिल्ला एथ्लेटिक्स संघ र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजनामा प्रतियोगिता फागुन २९ गते शनिबार हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने एथलेटिक्स मिटमा सिनियरतर्फ महिला र पुरुषको ५ इभेन्ट र जुनियरतर्फ ३ इभेन्ट समावेश गरिएको […]

February 21, 2021

महेश खड्का स्मृति कप भलिबलको तयारी अन्तिम चरणमा

पोखरा (हाम्रो खेलकुद) – स्वर्गिय महेश खड्काको स्मृतिमा पोखरा रंगशालामा यही बुधबारदेखि महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाइटेड पोखरा क्लब कास्कीको आयोजनामा प्रतियोगिता १२ देखि १५ फागुनसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको हो । स्व.खड्काको सम्झनामा स्थापना गरिएको स्मृति कपलाई निरन्तरता दिई […]

February 20, 2021

अरुणा र मिलन सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – म्याग्दी तथा नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ तनहुँका मिलन चन्द ठकुरी सर्वाेत्कृष्ट घोषित भए । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा अरुणाले आफ्नो टोली म्याग्दीलाई तथा मिलनले आफ्नो टोली तनहुँलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिकासँगै उत्कृष्ट […]

February 20, 2021

म्याग्दी र तनहुँलाई मुख्यमन्त्री कप भलिबल उपाधि

पोखरा (हाम्रो खेलकुद) – म्याग्दी र तनहुँले गण्डकीको मुख्यमन्त्री कप प्रदेशस्तरिय भलिवल प्रतियोगिताको उपाधि जितेका छन् । म्याग्दी महिलातर्फ तथा तनहुँ पुरुषतर्फ च्याम्पियन बनेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पुरुषतर्फको फाइनलमा तनहुँले उपाधि दावेदार मानिएको स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । तनहुँले पहिलो सेट २३–२५ ले गुमाएपनि दोस्रो सेटमा २५–१७ […]

Success

Thank you for your time.